काठमाडौं । गएको २४ घण्टामा देशभर ८२१ संक्रमित थपिएका छन् । पाँच हजार ४२३ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
संक्रमितमध्ये ५०४ जना पुरुष र ३१७ महिला छन् । आज ८४२ संक्रमित निको भएका छन् । यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सात सय नाघेको छ ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार सात सय दुई पुगेको छ ।
नेपालमा हालसम्म दुई लाख ४९ हजार २४४ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये दुई लाख ३६ हजार ५७३ जना निको भएका छन् ।
आज उपत्यकामा ३३३ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

