प्रज्वल पहाडी ,प्यूठान ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) प्युठानले सरकारको गलत नीतिका कारण शैक्षिक जगत नै अस्तब्यस्त भएको आरोप लगाएको छ । जिल्ला अध्यक्ष चोपबहादुर विकले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ का कारण विद्यार्थीहरुको पढाई अस्तव्यस्त भएको जनाउनुभएको छ ।
सरकारले सही नीति नलिँदा शैक्षिक क्षेत्रमा गम्भीर र दीर्घकालिन क्षति व्यहोर्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै, अखिल (छैठौं) ले बर्तमान सरकारको राजनीतिक अपरिपक्वताका कारण प्रतिगामी शक्तिहरुको चलखेल बढेको भन्दै प्रतिगामी शक्तिको विरुद्ध अग्रगमनपक्षधरहरु एकजुट भई संघर्ष गर्न आग्रह गरेको छ ।
यस्तै, देशमा अस्वभाविक वैदेशीक चलखेलका साथै सीमा अतिक्रमणसमेत बढ्दै गएकोले सबैपक्षले यसका विरुद्ध खवरदारी गर्न आह्वान गरिएको छ । संघीयता विरुद्धका सबैखाले आन्दोलनमा संगठनको ऐक्यवद्धता रहने अखिल (छैठौं) ले जनाएको छ।

