• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सरकारप्रतिको जनआक्रोशमा प्रतिगामीहरु खेल्ने मौका पाए : आचार्य


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • जगदीश ढकाल, बाँके ।
    राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव एवं पूर्व सांसद हरि आचार्यले सरकार भ्रष्टाचार र माफियातन्त्रमा फँसेका कारण प्रतिगामीहरु खेल्ने मौका पाएको बताउनुभएको छ ।

    Advertisement

    बिहीबार बाँकेको खजुरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता आचार्यले गणतन्त्रका लागि लडेका शक्तिहरु एकजुट हुन नसकेका कारण र सरकार अकर्मण्यतामा फसेका कारण उत्पन्न भएको जनआक्रोशमा पुनरुत्थावादी तत्वहरुले टाउको उठाउन खोजेको आरोप लगाउनुभयो ।

    हिजोका गाईकाण्ड, गलैंचा काण्ड, नमिता–सुनिता काण्ड, मुर्ति चोरी काण्ड जस्ता काण्डहरुले बदनाम पञ्चायती व्यवस्थाको कालरात्री जनताले सम्झिराखेको उहाँले बताउनुभयो ।

    राजावादीहरुले गर्ने संघीयताको विरोध र राजमोले गर्ने संघीयताको विरोधी आन्दोलनबीच मेल नखाने उहाँको भनाई थियो । उहाँले संघीयताको विकल्प राजतन्त्र नभै विकेन्द्रीकरणमा आधारित स्थानीय स्वायत्त शासन सहितको एकात्मक राज्यव्यवस्था भएको स्पष्ट पार्नुभयो ।

    राष्ट्रियताको मामिलामा सरकार प्रचारमूखी मात्र देखिएको र ठोस कदम चाल्न नसकेकोले भन्दै त्यसको लागि तत्काल पहल गर्न आग्रह गर्नुभयो ।

    बिहीबार राष्ट्रिय जनमोर्चा बाँकेले जिल्लाका विभिन्न स्थानमा विरोध सभाको आयोजना गरेको थियो । ‘गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ खजुरा, नेपालगञ्ज र कोहलपुरमा विरोध सभाको आयोजना गरिएको हो ।

    राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न खजुराको सभामा अखिल नेपाल महिला संघकी वैकल्पिक केन्द्रीय सदस्य पूर्णकला भण्डारी, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष भरत खड्काले पनि सम्बोधन गर्नुभएको थियोे भने अखिल (छैठौं) का जिल्ला अध्यक्ष नमराज चन्दले सञ्चालन गर्नुभएको थियोे ।

    यसैगरी, नेपालगञ्जमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका महासचिव तुलसीराम साप्कोटाले सरकारी संयन्त्रहरु भ्रष्टाचारमा लिप्त भै गरिब किसान, मजदुरहरुका समस्या समाधानमा उदासीन रहेको भन्दै रोश प्रकट गर्नुभयो ।

    अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले गणतन्त्रको विकल्प राजतन्त्र नभै नयाँ जनवाद र समाजवाद भएको र त्यसको नेतृत्व नेकपा (मसाल) ले गर्न सक्ने बताउनु भयो ।  सभाको सञ्चालन लोकबहादुर रानाले गर्नुभएको थियो ।

    यता, भरत खड्काले सञ्चालन गर्नुभएको कोहलपुरको सभामा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, राजमो जिल्ला अध्यक्ष भिमप्रसाद देवकोटा र अनेम संघकी जिल्ला उपाध्यक्ष पार्वती कार्कीले पनि सम्बोधन गर्नुभएको थियोे ।

    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.