कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाको बुद्धभूमि नगरपालिका र विजयनगर गाउपालिकामा पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार बुद्धभूमिमा भएको प्रशिक्ष कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापा, राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता नरबहादुर घर्ति मगर, र सञ्चालन मिना पोख्रेलले गर्नु भएको थियो ।
यसैगरी विजय नगर गाउपालिकाको प्रशिक्षण कार्यक्रममा युवा नेता सुरेश थापा, अध्यक्ष दधिराम आचार्य, किसान संघका उपाध्यक्ष शिव पौडेल र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष, राजमो जिल्ला सल्लाकार केरसिंह अदैले राष्ट्रियता, राजमोका नीति तथा कार्यक्रम लगायत सैद्वान्तिक बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल सुनार, सचिव गोविन्द परियारको स्वागत र राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यस्तै, राजमो कपिलवस्तुले आयोजनामा ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघीयताको खारेज गरौँ’ भन्ने नाराका साथ यही मंसिर २७ गतेदेखि एक हप्ते कार्यक्रम गर्ने भएको छ । २७ गते चनौटाबाट विरोध सभा गरी शुरू गरिने राजमो कपिलवस्तुले जनाएको ।