नविन पाण्डे, ईटहरी ।
राष्ट्रिय जनमोर्चा १ नम्बर प्रदेश समितिले ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ सुनसरीको ईटहरी चौकमा विरोध सभा सम्पन्न गरेको छ।
आयोजित विरोध सभामा प्रदेश समिति अध्यक्ष अमृत पाण्डेले राजा आउँ देश बचाउँ भन्ने नाराको साथ प्रतिगामी शक्ति सल्बलाई रहेको अवस्थामा गणतन्त्र, राष्टियता र धर्मनिरपेक्षताको रक्षाकालागि सम्पूर्ण प्रगतिशिल वामपन्थि राष्ट्रवादी शक्तिलाई अगाडी बढ्न आव्हान गर्नुभयो।

त्यसैगरी अनेरास्ववियु (छैठौं) का केन्द्रीय सदस्य बबिन राईले देशलाई बिखण्डनबाट वचाउन र जातिय सद्भाव, सामाजिक सद्भाव र राष्टिय एकता कायम गर्न संघीयता खारेज गर्नुको बिकल्प छैन भन्दै सबै नेपाली जनतालाई यसको विरुद्वमा एकजुट हुन आग्रह गर्नुभयो ।
विरोध सभामा प्रदेशका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। प्रदेश समितिका उपाध्यक्ष बिसाल पहाडीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र, राष्टियता र धर्म निरपेक्षता को रक्षा गरौं।, सघिंयता र भ्रष्टाचारको विरोध गरौं।’ भन्ने नाराको साथ जिल्लाव्यापी विरोध सभा गर्ने घोषणा गरेको छ।