शंकरप्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ गुल्मीले विभिन्न माग राखी सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
अखिल नेपाल महिला संघ रेसुङ्गा नगरपालिकाकी अध्यक्ष धना कुँवर नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मामार्फत आइतबार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा लैङ्गिक हिंसा अन्त्य हुनुपर्ने, बलात्कारी, हत्यारालाई कडा सजाय दिनुपर्ने लगायत माग राखिएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना, अखिल नेपाल महिला संघ रेसुङ्गा नगर समितिका सचिव खिमा झाँक्री, राजमोका जिल्ला सहसचिव कमल अर्याल, राजमो रेसुङ्गा नगरपालिकाका सचिव शंकरप्रसाद पोख्रेलको पनि उपस्थिति थियो।