• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चाको आन्दोलनप्रति अखिल नेपाल किसान महासंघ (अप्फा) को ऐक्यबद्धता


  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा राष्ट्रिय जनमोर्चाद्वारा घोषणा गरिएको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

    Advertisement

    देशका सामु देखा पर्न थालेको यस खालको राजनीतिक सङ्कटले नेपाली किसानमाथि पनि ठुलो मार पर्ने भन्दै अप्फाका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ मङ्सिर २० गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    देशको अवस्था २०१७ र २०५९ माघ १९ गतेको जस्तो अवस्थामा पुगेको भन्दै अप्फाले जारी गरेको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ–

    “आज देशमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामाथि गम्भीर सङ्कट पैदा भएको छ । देशको राजनीति २०१७ र २०५९ माघ १९ गतेभन्दा पहिलेको स्थितिबाट गुज्रँदै छ । त्यो बेला नेकाको दुईतिहाइ सरकार राजनैतिक पार्टीहरूबिच तीव्र फुट र अस्वस्थ प्रतिष्पर्धा थियो । शासन व्यवस्था जनविरोधी र भ्रष्टाचारले चरम सीमा नाघेको थियो । यस प्रकारको निरङ्कुश राजतन्त्र आउने छ भन्ने कुरामा त्यस बेलाका राजनैतिक पार्टीहरूले कुनै ध्यान दिएका थिएनन् । अहिले ठिक त्यही स्थितिमा राजनीतिक सङ्कट गुज्रिरहेको छ । सत्तासिन वा विपक्षी पार्टीहरू तीव्र रूपमा आपसी अस्वस्थ प्रतिष्पर्धा गरिरहेका छन् । देशमा भ्रष्टाचार सरकारी स्तरबाटै संस्थागत भएको छ ।

    नेपाली जनताको महान् बलिदानीपूर्ण सङ्घर्षले ल्याएको गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतालाई संस्थागत गर्ने कुरामा सत्तासिन र विपक्षी पार्टीहरूले ध्यान दिइरहेका छैनन् । सरकारको भ्रष्टाचार र जनविरोधी क्रियाकलापले सरकारमाथि आम जनताको तीव्र असन्तोष र अविश्वास बढ्दै गइरहेको छ । यसप्रति सरकार र सत्तासिन पार्टीहरूले सुधार्ने कुरामा कुनै ध्यान दिएका छैनन् । त्यसमाथि सङ्घीयताले झन् जटिल स्थिति पैदा गरेको छ । यही अवस्थामा भारतीय साम्राज्यवादले नेपाललाई भारतीय शासकको नियन्त्रणमा राखिरहने घोषित नीतिअन्तर्गत कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि हाकाहाकी कब्जा, सुस्तालगायतका सीमाहरूमा नियन्त्रण कायम गरिरहने, नेपालको अर्थतन्त्रमा भारतीय एकाधिकारवादी नियन्त्रण राखिरहनेजस्ता क्रियाकलापहरू बढाउँदै लगेकाले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुन पुगेको छ । त्यसका साथै अमेरिकी साम्राज्यवादले इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत चीनसँगको प्रतिष्पर्धामा उसलाई नियन्त्रण गर्ने नाममा एमसिसी मार्फत् नेपालमा प्रवेश गर्दै छ । यसले अमेरिकी साम्राज्यवादको नेपाली भूभागमा प्रत्यक्ष हस्तक्षेप बढेको छ ।

    भारतीय साम्राज्यवादले नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतका हिन्दु कट्टरवादी संस्थाहरूमार्फत् समेत नेपालका हिन्दुवादीहरूलाई सहयोग गर्ने, राजतन्त्र पुनस्र्थापना गराउने अभियान तीव्र रूपमा बढाइरहका छन् । स्वयम् नेकाभित्र हिन्दु राष्ट्र कायम गर्ने, संवैधानिक राजतन्त्र पुनस्र्थापना गर्ने शक्तिहरू पनि सङ्गठित रूपमा अगाडि आएका छन् । राजा र हिजोका राजावादी शक्तिहरू सङ्गठित रूपमा राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गरिरहेका छन् । यो स्थितिमा राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षतामाथि गम्भीर खतरा उत्पन्न भएको छ र यसलाई समाप्त पारेर राजतन्त्र ब्युँताउने खतरा बढेर गएको छ । जनताको बलिदानीपूर्ण सङ्घर्षले ल्याएको परिवर्तनलाई जोगाउन “राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौँ” भन्ने नाराका साथ नेकपा (मसाल), राष्ट्रिय जनमोर्चालगायत देशभक्त जनतान्त्रिक शक्तिहरूले उठाएको आन्दोलनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) सक्रिय समर्थन सहयोग र ऐक्यबद्धता प्रकट गर्दछु ।

    ६५ प्रतिशत किसान भएको हाम्रो देशमा यस प्रकारको राजनैतिक सङ्कटले किसानहरूमाथि नै ठुलो मार पर्दछ । त्यसैले यो स्थितिमा किसानहरू पनि मुठी बाँधेर बस्न सक्दैनन् । गणतन्त्र स्थापनाका लागि किसानहरूले पनि आहुति दिएका छन् । राजनैतिक स्वतन्त्रताले किसानहरूको मुक्तिका लागि बाटो खुल्दछ । त्यसैले यस प्रकारको आन्दोलनलाई सहयोग र समर्थन गर्दै किसानहरू पनि आफ्नो सङ्घर्षलाई अघि बढाउन आह्वान गर्दछ । राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि सबै गणतन्त्रवादी शक्तिहरूसमेत एक हुन आह्वान गर्दछ ।”

    शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.