• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा संघीयता खारेजीका लागि राजमोद्वारा आन्दोलन घोषणा


  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा दुई चरणको आन्दोलन गर्ने भएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ मङ्सिर २० गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    Advertisement

    राजमोले गर्ने पहिलो चरणको कार्यक्रम प्रचारात्मक प्रकृतिको हुने छ । त्यसअन्तर्गत वक्तव्य, पर्चा, भर्चुअल अन्तरक्रिया, प्रशिक्षण, पत्रकार सम्मेलनजस्ता कार्यक्रम हुने बताइएको छ भने दोस्रो चरणको कार्यक्रम भौतिक दुरी कायम राखेर सभा, जुलुसजस्ता खुल्ला कार्यक्रम आयोजना गरिने छन् ।

    पहिलो चरणको कार्यक्रमअन्तर्गत आगामी मङ्सिर २२ गते राजमो केन्द्रीय कार्यालयको आयोजनामा भर्चुअल कार्यक्रम आयोजना गरिएको जानकारी प्रेसवक्तव्यमा दिइएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ भन्ने मूल नाराका साथ उक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गरिने छन् । कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि स्वास्थ्यका मापदण्ड अपनाउँदै सङ्घर्षका कार्यक्रम सञ्चालन गर्नुपर्ने राष्ट्रिय परिस्थिति सृजना भएको छ । सङ्घर्षका कार्यक्रमहरू दुई चरणमा संञ्लन गर्ने निर्णय भएको छ ।

    १. पहिलो चरणको सङ्घर्षका कार्यक्रमहरूको प्रकृति प्रचारात्मक हुने छ । त्यसअन्तर्गत राष्ट्रिय जनमोर्चाको केन्द्र, प्रदेश र स्थानीय सङ्गठनहरूको तर्फबाट सङ्घर्षका कार्यक्रमको विषयमा प्रेसवक्तव्य दिने, पर्चा प्रकाशित तथा वितरण गर्ने, अनलाइनको माध्यमबाट अन्तरक्रिया, पत्रकार भेटघाट, प्रशिक्षण कार्यक्रम आदि सञ्चालन गरिने छ । कोरोना भाइरसले पैदा गरेको स्थितिमाथि ध्यान दिएर नै यस प्रकारका कार्यक्रम सञ्चालन गर्नुपरेको छ । दोस्रो चरणमा सामाजिक दुरी कायम गर्दै खुल्ला कार्यक्रम हुनेछन्; जसअन्तर्गत सभा, जुलुस, कोणसभा आदि कार्यक्रम सञ्चालन गरिने छन् ।

    २. राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा यही मङ्सिर २२ गते दिनको १ बजेदेखि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरुद्ध सङ्घर्ष गरौँ भन्ने विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त अनलाइन अन्तरक्रिया कार्यक्रममा बाहिरबाट अतिथिहरूलाई पनि आमन्त्रण गरिने छ । अनलाइन जुमको लिङ्क खुला हुने भएकाले सर्वसाधारणले पनि भाग लिन पाउने छन् । सो कार्यक्रममा भाग लिएर कार्यक्रमलाई सफल पारिदिनका लागि राष्ट्रिय जनमोर्चा हार्दिक अपिल गर्दछ ।

    ३. आज देशमा प्रतिगामी शक्तिहरूको चलखेल बढेर गएको छ । देशका विभिन्न भागमा राजतन्त्रको पुनस्र्थापना र हिन्दु राज्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् । गणतन्त्र र धर्म निरपेक्षताका विरुद्धमा हमला भइरहेको छ । २०१७ पौष १ गते र २०५९ माघ १९ को काण्ड पुनरावृत्ति नहोला भन्न सकिन्न । प्रतिगामी शक्तिहरूको त्यस प्रकारका गतिविधिलाई हल्का रूपमा लिनु गम्भीर प्रकारको गल्ती, राजनीतिक अपरिपक्वता र अदूरदर्शीता तथा देश र जनताका लागि अत्यन्त घातक हुने छ भन्ने हाम्रो ठहर छ । यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षताका लागि अग्रगमनका पक्षधर शक्तिहरू सचेत र सङ्गगठित भर्इ प्रतिगामी शक्तिहरूका विरुद्ध सङ्घर्ष गर्नु आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

    ४. भारतीय साम्राज्यवादद्वारा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्ता महेशपुरलगायतका भूमि अतिक्रमण भएका छन् । अतिक्रमित भूमि फिर्ताको लागि, तराई विखण्डनका लागि भइरहेको पृथकतावादी गतिविधिहरूलाई निरुत्साहित पार्न र राष्ट्रियताको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने आजको आवश्यकता भएको छ ।

    ५. हाम्रो पार्टीले सुरुदेखि नै सङ्घीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने तथा नेपाली जनताले कुनै पनि आन्दोलनमा माग नगरेकाले यसको खारेजीको लागि सङ्घर्ष गर्दै आएको छ । सङ्घीयता खारेजीका लागि हाम्रो पार्टीले संसदमा प्रस्तावसमेत दर्ता गरेको छ । अब व्यवहारमा नै सङ्घीयताका दुष्परिणामहरू देखा परिसकेका छन् । अहिले त्यो देशका लागि राष्ट्रघाती, विकासको लागि ठुलो बाधक, जनजीवनका लागि ठुलो हानीकारक सावित भइसकेको कुरा प्रष्ट हुँदै गएको छ । त्यसैले राष्ट्रका लागि आर्थिक बोझको रूपमा सावित भएको सङ्घीयता तथा त्यसको प्रादेशिक संरचनालाई खारेज गर्न पनि सङ्घर्ष गर्नुपर्ने आजको तात्कालिक आवश्यकता भएको छ ।

    ६. आज भ्रष्टाचार देशको गम्भीर समस्या बनेको छ । भ्रष्टाचारलाई संरक्षण गर्ने सरकारको नीतिको कारण यो अवस्थाको सृजना भएको हो, जसको कारण सरकारका सबै नीति, क्रियाकलाप, प्रशासनिक कार्य, विकासका कार्यक्रम, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, शान्ति सुरक्षा आदि सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन् । त्यसका लागि हाम्रो पार्टीले भ्रष्टाचार विरुद्धको सङ्घर्षमा विशेष जोड दिएको छ ।

    ७. हाम्रो पार्टीले उल्लेखित सङ्घर्षका कार्यक्रमहरू एकल रूपमा र मिल्न सक्ने विषयहरूमा अन्य पक्षहरूसँग संयुक्त रुपमा सञ्चालन गर्न सक्ने छ ।

    ८. पहिलो चरणका सङ्घर्षका कार्यक्रमहरू तत्काल ससरु गरिने छन् भने दोस्रो चरणको सङ्घर्षको कार्यक्रमको मिति पछि कार्यालयद्वारा ठेगान गरी जानकारी गराइने छ ।

    ९. अन्तमा राष्ट्र र जनताको सामु देखा परेका गम्भीर चुनौतीको सामना गर्न हाम्रो पार्टीले घोषणा गरेको गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्ध सङ्घर्षमा व्यापक समर्थन र सहभागिताका लागि सम्पूर्ण तह र तप्काका जनसमुदायसँग हार्दिक अपिल गर्दछ ।”

    शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.