• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

मसालको ठहरः अहिलेको अवस्था २०१७ साल पुष १ अघिको जस्तो


  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले देशको अहिलेको अवस्था विस. २०१७ साल पुष १ अघिको जस्तो भएको बताएको छ । २०१७ साल पुष १ गते विपि कोइराला नेतृत्वको तत्कालिन बहुमत प्राप्त सरकारलाई राजा महेन्द्रले अपदस्थ गरेका थिए ।

    Advertisement

    राजनीतिक दलहरुबीचको खिचातानी एवम् सत्तारुढ दलभित्रको झगडाका कारण तत्कालिन राजनीतिक दल र संसदीय व्यवस्था अलोकप्रिय बन्दै गएको अवस्थामा राजा महेन्द्रले ‘कु’ गर्ने आधार तयार भएको थियो ।

    अहिले पनि देशमा बढ्दै गएको भ्रष्टाचार, अव्यवस्था तथा सत्तारुढ दलभित्रको सत्तास्वार्थका कारण राजावादीहरु देशैभर सक्रिय भइरहेका छन् भने भारतीय साम्राज्यवादले हिन्दुराष्ट्र घोषणा तथा त्यसको संरक्षणका राजतन्त्रसमेत पुनर्थापना गर्न नेपालमा चलखेल बढाइएरहेको छ। यो अवस्थामा नेकपा (मसाल) ले पुनः प्रतिगमनको खतरा रहेको भन्दै सचेत गराएको छ ।

    साथै मसालले गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि संघर्षमा जोड दिँदै आम जनतालाई सहयोगको लागि पनि अपिल गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार प्रेशित गर्नुभएको वक्तव्यमा भनिएको छ :

    १. नेपाल कम्युनिस्ट पार्टी(मसाल)को आजै बसेको पीवीको भर्चुअल बैठकले ‘गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ’ भन्ने नाराका साथ देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । संघर्षको त्यो कार्यक्रमलाई कोरोना भाइरसले पैदा गरेको स्थितिमाथि ध्यान दिँदै अगाडि बढाउने नीति अपनाइनेछ ।

    २. संघर्षको पहिलो चरणमा प्रचारात्मक कार्यक्रम संचालन गरिनेछ । त्यस अनुसार पार्टी, मोर्चा वा जनवर्गीय संगठनहरुका तर्फबाट विभिन्न स्तरमा वक्तव्य दिने पर्चाहरुको वितरण गर्ने वा भर्चुअल कार्यक्रमहरुको संचालन गरिनेछ । दोश्रो चरणमा सार्वजनिक रुपमा सामाजिक दुरी कायम राख्दै सभा, जुलुस, कोणसभा आदि कार्यक्रमहरु संचालन गर्ने प्रयास गरिनेछ ।

    ३. आज देशमा प्रतिगामीहरुका गतिविधिहरु बढ्दै गइरहेका छन् । त्यसले गर्दा २०१७ साल पौष १ गते वा २०६१ साल माघ १९ गते भन्दा पहिलेको जस्तो स्थितिको सिर्जना हुँदै गइरहेको छ भन्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । त्यस प्रकारका गतिविधिहरुलाई हल्का रुपमा लिनु गम्भिर प्रकारको गल्ती, राजनीतिक अपरिपक्वता र अदुरदर्शिता तथा देश र जनताको लागि अत्यन्त घातक हुनेछ भन्ने हाम्रो पार्टीको ठहर छ । यो अवस्थामा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि संघर्ष गर्नु राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

    ४. लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय साम्राज्यवादको अतिक्रमण, तराईको विखण्डनका लागि भइरहेको पृथकतावादी गतिविधि र सुस्ता सहित देशका कैयौँ भागहरुमा भारतद्वारा भएको सीमा अतिक्रमण समेतका कारणले राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने आजको राष्ट्रिय आवश्यकता भएको छ ।

    ५. हामीले संघीयताका विरुद्ध पहिलेदेखि नै संघर्ष गर्र्द आएका छौँ । अब व्यवहारले नै त्यो देशका लागि राष्ट्रघाती, विकासका लागि ठूलो वाधा, जनजीवनको लागि पनि धेरै नै हानिकारक भएको कुरा प्रष्ट हुँदै गएको छ । त्यसकारण संघीयता तथा त्यसको प्रादेशिक संरचनालाई खारेज गर्न पनि संघर्ष गर्नु आजको तात्कालिक आवश्यकता भएको छ ।

    ६. अहिले देशमा बढिरहेको भ्रष्टाचार र त्यसको संरक्षण गर्ने सरकारको नीतिका कारणले भ्रष्टाचार पनि देशको गम्भिर समस्या भएको छ । त्यसको परिणामस्वरुप सरकारका सबै नीति र क्रियाकलापहरु, प्रशासनिक कार्य र विकासका कार्यक्रमहरु पनि नराम्ररी प्रभावित भएका छन् । त्यसकारण हाम्रो पार्टीले भ्रष्टाचार विरुद्धको संघर्षमा पनि विशेष जोड दिन्छ ।

    ७. हाम्रो पार्टीले उपर्युक्त विषयहरुमा मिल्नसक्ने विषयहरुमा अन्य पक्षहरुसित पनि मिलेर र सहमति हुन नसकेका विषयहरुमा आफ्नो स्वतन्त्र पहलकदमीमा पनि संघर्षका कार्यक्रमहरु संचालन गर्ने प्रयत्न गर्नेछ ।

    ८. संघर्षको पहिलो चरणको कार्यक्रम तत्काल नै शुरु गरिने छ । पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछि दोश्रो चरणको कार्यक्रम र मिति पछि ठेगान गरिनेछ ।

    ९. अन्तमा हाम्रो पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टाचारका विरुद्धको संघर्षमा व्यापक समर्थन र सहभागिताका लागि सम्पूर्ण जनतासित अपील गर्दछ ।

    २०७७/०८/१९
    मोहनविक्रम सिंह
    महामन्त्री

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.