काठमाडौं । नेपालमा कोरोना संमितको संख्या दुई लाख ३६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको हो ।
Advertisement
पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सो संख्यामा संक्रमितको संख्या पुगेको हो ।यस्तै, आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै अहिलेसम्म २ लाख १८ हजार १६१ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २९ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ ।

