बसन्त खड्का, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा पाणिनी गाउँ समितिले एक दिने प्रशिक्षण भेला सम्पन्न गरेको छ । भेलामा राजमो नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
Advertisement
राजमो केन्द्रीय सदस्य झबिलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव एवं भूमिकास्थान नगरपालिका–४ का वडाअध्यक्ष बाबुराम पन्थी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसी र अखिल नेपाल महिला संघकी नेतृ साबित्रा घिमिरेले देशको समसामयिक बिषयमा प्रक्षिक्षण दिनु भएको हो ।
कार्यक्रमको अध्यक्षता केहरसिंह घर्ती र सन्चालन मिजास सोमरेले गर्नुभएको थियो ।
