बर्दिया । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै बर्दियाको सदरमुकाम गुलरीयामा विरोध सभा सम्पन्न गरेको छ । राजमोले संघीयता खारेजीको माग गर्दै गरेको देशब्यापी कार्यक्रम अन्तर्गत बर्दियामा पनि विरोध सभाको आयोजना गरेको हो ।
Advertisement
‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालियोस्’ भन्ने नाराका साथ गरिएको विरोधमा अखिल नेपाल किसान महासंघका महासचिव तुल्सीराम सापकोटा र राजमो जिल्ला अध्यक्ष युवराज ढकालले सम्बोधन गर्नुभएको थियो ।
विरोध सभाको सञ्चालन राजमो जिल्ला सचिव लोकबहादुर रानाले गर्नुभएको थियो ।