• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङमा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले सङ्घीयताको खारेज गरौँ, कोरोना भाइरस रोकथाम, उपचारमा सरकारको असक्षमता, लापरबाही र भ्रष्टाचारको विरुद्ध मङ्सिर १४ गते आयोजना गरेको विरोधसभा विभिन्न पालिकामा सम्पन्न भएको छ ।

    Advertisement

    जैमिनी नगरपालिकाको कुश्मिसेरा बजार आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले सङ्घीयता नेपालमा असफल बन्दै गएकाले अब नेपाली जनताले महङ्गो सङ्घीयतालाई थेग्न नसक्ने भएकोले खारेजीको विकल्प नभएको बताउनु भयो । कोरोना रोकथाम र उपचारमा सरकार गैरजिम्मेवार बनेको, साथै सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको अवस्थामा राष्ट्रिय जनमोर्चाको यो आन्दोलन झन् सशक्त पार्नुपर्नेमा जोड दिनुभयो ।

    अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुनले सम्बोधन गर्नुभएको थियो सो कार्यक्रम जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिलबहादुर श्रीसको अध्यक्षता र जिल्ला सदस्य ठाकुर शर्माले सञ्चालनमा अगाडि बढेको थियो ।

    त्यस्तै, बागलुङ नगरपालिकाको बागलुङ बजार लोकतान्त्रिक चोकमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा र राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य थानेश्वर सुवेदीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य योगेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।

    यता, गलकोट नगरपालिकाको हटिया बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना र राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टङ्कबहादुर केसीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा गलकोटका सचिव लालबहादुर रानाले सञ्चालन गर्नुभएको थियो ।

    त्यसैगरी, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार अयोजित सभालाई राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम जिल्ला सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापाको अध्यक्षता र अखिल नेपाल युवक सङ्घ बागलुङका सदस्य युवराज महतले सञ्चालन गर्नुभएको थियो ।

    त्यस्तै, निसीखोलाको झिवाखोलामा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य थमन घर्तीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा निसीखोलाका सचिव मिलन हमालले सञ्चालन गर्नुभएको थियो ।

    एवम् प्रकारले बडिगाड गाउँपालिकाको ग्वालीचौर खौलार बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्मबहादुर कुँवर, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा र अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य तथा बडिगाड गाउँ समितिका अध्यक्ष बोमबहादुर थापाको अध्यक्षता र अखिल नेपाल युवक सङ्घ बागलुङका कोषाध्यक्ष अनिल गिरीले सञ्चालन गर्नुभएको थियो ।

    एवम् वृत्तले काठेखोलाको अक्षेते बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य नेत्र बुढाथोकी र लक्ष्मण पुनले सम्बोधन गर्नुभएको थियो कार्यक्रम राष्ट्रिय जनमोर्चा काठेखोलाका सचिव टिकासङ्गम विकले सञ्चालन गर्नुभएको थियो ।

    त्यस्तै, बरेङ बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा र हिरा थापाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा हिरा पुनले सञ्चालन गर्नुभएको थियो ।

    यता, ताराखोलाको घुश्मेली बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तीर्थसिंह थापा र अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्र ढकालले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय जनमोर्चा ताराखोलाका अध्यक्ष डमर थापाले सञ्चालन गर्नुभएको थियो ।

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.