काठमाडौं । नेपालमा कोरोना संक्रमणबाबाट थप २३ जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका दिएको जानकारीअनुसार सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको हो ।
Advertisement
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ४३५ पुगेको छ।
यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
आज देशभरमा सक्रिय सङ्क्रमितको संख्या १७ हजार २३७ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार २३६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।

