गुल्मी । राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिकाका सदस्य चित्रबहादुर लामिछानेको निधन भएको छ । ५२ वर्षीय लामिछानेको कालीगण्डकी गाउँपालिका–६ स्थित निवासमा लामिछानेको ह्रदयाघातका कारण निधन भएको हो ।
Advertisement
उहाँको आजै कालीगण्डकी नदी किनारमा अन्त्येष्टि गरिएको छ । त्यस क्रममा उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गाउँपालिका उपाध्यक्ष तारा थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
अन्त्येष्टिका क्रममा राजमो जिल्ला समिति सदस्य पूर्ण बहादुर थापा, कालीगण्डकी गाउँपालिका अध्यक्ष गंगा केसीलगायत नेता कार्यकर्ता तथा स्थानीयको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।