गोपाल प्रसाद भट्टराई, अर्घाखाँची ।
अखिल नेपाल किसान महासंघ अर्घाखाँचीले सरकारले किसानका समस्या बुझ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । खेतीपाती गर्ने समयमा बिउ÷मलको अभाव, बिचौलिया र भ्रष्टाचारीको बिगबिगि हुँदापनि सरकारले उचित भमिका खेल्न नसकेको भन्दै बिहीबार सरकारको ध्यानाकर्षण गराएको हो ।
तत्काललाई गहुँको बिउ र मलको उचित प्रबन्ध गर्नुपर्ने, सिंचाइ तथा विद्युतको ब्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराइएको महासंका जिल्ला अध्यक्ष जिवनारायण खनालले जानकारी दिनुभएको छ । किसान महासंघको केन्द्रीय कार्यक्रम अन्तरग आज जिल्ला प्रशासन अर्घाखाँची माफर्त ८ बुँदे माग राखेर ज्ञापनपत्र पेश गरिएको किसान महासंघका अध्यक्ष खनालको भनाई छ ।
ज्ञापनपत्रमा गहुँ लगाउनुभन्दा पहिले मल र बिउको आपुर्ति गर्नुपर्ने, सिंचाइ तथा सिंचाइलाई चाहिने विद्युत महशुल शतप्रतिशत अनुदानको ब्यवस्था गर्नुपर्ने,धानको समर्थन मुल्य तत्काल लागू गर्नुपर्ने, भ्रष्टाचार र महंगी नियन्त्रण गर्नुपर्ने, कोरोना भाइरस संक्रमितको उपचार निशुल्क गर्न अदालतले गरेको निर्देशन कार्यान्वयनमा ल्याउनपर्ने, कोभिड १९ का कारण समस्यामा परेका किसानलाई उचित राहत तथा पूर्नःस्थापना गर्नुपर्ने, कृषि उत्पादनमा भइरहेको बिचौलिया प्रणाली बन्द हुनुपर्ने, किसानको उत्पादनलाई राज्यले नै किन्ने ब्यवस्था गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
सोही ढाँचाको ज्ञापनपत्र आजै सन्धिखर्क नगरपालिकामा समेत पेश गरिएको किसान महासंघका जिल्ला सचिव भिमलाल आचार्यले बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका नेताहरु शेर बहादुर बि.सी., झविलाल थापा, थम्मन के.सी.,सकुन्तला राना, यमलाल पोख्रेल, नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकाल लगायत किसानका नेता तथा कार्यकर्ताको उपस्थितिमा पेश गरिएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्ण पौडेलले किसान महासंघले उठाएका माग जायज भएको बताउनुभएको छ । सरकारले कृषि ब्यवसायको विकासलाई प्राथमिकताको साथ अगाडि बढाएकोले क्रमश: किसानका समस्या समाधान हुने विश्वास ब्यक्त समेत गर्नुभएको छ ।
यस्तै सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले ज्ञापनपत्र बुझ्दै कृषि र पर्यटनविकास नभएसम्म आर्थिक समृद्धि नहुने बताउनुभएको छ । सन्धिखर्क नगरपालिकाले सोही बमोजिम अगाडि बढेकाले किसान महासंघका माग पुरा गर्ने कोशिष गर्ने बचन समेत दिनुभएको छ ।
केन्द्रिय कार्यक्रम अनुसार किसान महासंघले जिल्ला प्रशासन अगाडि एक घण्टा धर्ना तथा कोण सभा समेत सम्पन्न गरेको छ । सचिव भिमलाल आचार्यको संचालनमा सम्पन्न कोणसभामा अध्यक्ष जिवनारायण खनालले सम्बोधन गर्दै आन्दोलनको बारेमा जानकारी गराउनुभएको थियो ।





