• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

केसीको उपचार भ्रमबारे !


  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
  • १) चित्रबहादुर केसी निमोनिया र पेटको दीर्घरोगबाट पहिल्यैदेखि पीडित हुनुहुन्थ्यो र विगत तीन दिनदेखि अस्पतालन भर्ना गरिएको छ । पार्टीले उहाँको उपचारका बारेमा स्टेप बाइ स्टेप निर्णय लिइरहेको छ । कुनै भ्रम नहोस् भनेर दुई दिनमा तीन वटा वक्तव्य जारी भएका छन् । तर फेसबुकमा आतंक मच्याउनको लागि र पार्टीकै हौं भन्ने एउटा अराजक समूहले उहाँको उपचार सहयोगबारे व्यापक भ्रम उत्पन्न गराउने काम गर्नु अपराधिक र निन्दनीय छ ।

    Advertisement

    २) चित्रबहादुर केसीको उपचारबारेमा उहाँकै परिवारका एक जना सदस्यले भ्रम फैलाउने प्रयत्न गरे पनि उहाँकी छोरी भानु केसीले त्यो भ्रम पत्तासाफ गरिसक्नुभएको छ । त्यसबारेमा केही बोल्नु आवश्यक छैन ।

    ३) राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, चित्रबहादुर केसीकी छोरी भानु केसी, भतिज हिरा केसी, भतिजी ऋतु केसी र म केसीको स्वास्थ्य अवस्था बुझ्नको लागि आज दिनभर मेडिसिटी अस्पतालमा थियौं । त्यहाँ हामीले अस्पतालका प्रमुख कार्यकारी अधिकृतसँग उपचारमा भइरहेको अवस्थाबारे सबै जानकारी लियौं । हामीले बुझेको र तुफान केसीसँग भन्दा बाहिर कोही कसैसँग कुनै सूचना नभएको जानकारी गराउन चाहन्छु । राज्यले अस्पतालबाट सूचना लिएको हुन सक्छ ।

    ४) डाक्टरले केसीको स्वास्थ्य र उपचारबारे आफन्तमध्ये एकजनालाई मात्रै बताउने गर्दछन् । अस्पतालमा केसीका भतिज तुफान केसीको नम्बर दिइएकोले उहाँलाई फोन गरेर हरेक दिन डाक्टरले जानकारी दिने गर्दछन् । आजदेखि मात्रै र्‍याम्डीसेभेर औषधि चलाइएको छ । परिवारसँग कुनै सम्पर्कसमेत नगरी जापान बसेका परिवारका सदस्य र फेसबुकका बदमासहरुलाई उहाँको उपचार खर्च र स्वास्थ्यबारे कसरी जानकारी भयो ? यो भ्रम फिंजाउनको लागि गरिएको प्रपञ्च मात्रै हो ।

    ५) चित्रबहादुर केसी विरामी हुँदासमेत अन्तरविरोध सिर्जना गर्न खोज्नु निकृष्ट अपराधिक धन्दा हो । त्यसप्रकारका धन्दाहरुमा पार्टीका समर्थकहरु पनि लागेको देख्दा परिवारका सदस्य र हामीलाई पनि निकै ग्लानी महसुस भएको छ । फेरि त्यसप्रकारले अन्तरविरोध सिर्जना गर्ने अपराधीहरुले एक सुको सहयोग गर्ने पनि होइनन् । सरकारले केसीको उपचारमा सहयोग गर्ने र पार्टीले पनि उक्त सहयोग लिने निर्णय गरेकाले अपराधिक तत्वहरुको धन्दा समाप्त भएको छ ।

    ६) म आफै अस्पताल नपुगी उहाँको स्वास्थ्यबारेमा केही पनि लेखेकै थिइन । उहाँलाई कुन औषधि दिइयो वा दिइएन र कसरी उपचार गरिएको छ भन्ने बारेमा हिजैदेखि नानाथरी लेख्नेहरुका कुरा सत्य होइनन् । केसीको स्वास्थ्यमा केही सुधार भएको छ । अहिलेको जानकारी यत्ति मात्रै हो । यद्यपि पेटको दीर्घरोग र निमोनियाको कारण उहाँको उपचार लामो हुन सक्छ ।

    ७) विहानदेखि अहिलेसम्म सहयोगको लागि दर्जनौं फोनहरु आएका छन् । विभिन्न संगठनका साथीहरुले के छ भनेर खबर सोधिरहेका छन् । सरकारले उपचार खर्च व्यहोर्ने भएकाले अब सहयोगको आवश्यकता परेन । सहयोगको लागि इच्छुक सबैप्रति धन्यवाद व्यक्त गर्दछौं । सही बुझ्ने प्रयत्न गरौं, हल्लाको पछि नलागौं ।

    (अखिल (छैटौं) का अध्यक्ष विमल पोखरेलको फेसबुकबाट)

    यो पनि :

    अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रपतिको चासो

    ‘बुबा र पार्टीको विरुद्ध भाइलाई उपयोग गरियो’

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.