काठमाडौं । सरकारले भारतसँगका सिमानाका आगामी मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सिमानाका बन्द जारी राख्ने निर्णय गरेको हो ।
Advertisement
भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ । ती बाहेकका नाका बन्द यथावत राखिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।
यसअघि सरकारले भारत आवज जावत गर्ने नाका कात्तिक ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो । बिहीबार आयोजित सरकारका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस ब्रिफ्रिङ कार्यक्रममा मंसिर ३० गतेसम्म नाका बन्दलाई निरन्तरता दिइएको मन्त्री गुरुङले बताए ।