• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

सीमा विवादबारे कुरा गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन नेपाल आउँदै


  •   मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद जारी रहेको बेलामा नरेन्द्र मोदी सरकारले भारतीय विदेश सचिव हर्षवर्धन स्रिंगलालाई नेपाल पठाउने भएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई लिएर सीमा विवाद भइरहेका बेला स्रिंगलाको भ्रमणको प्रमुख उद्देश्य नै सीमा विवादसँग सम्बन्धित रहने भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

    Advertisement

    स्रिंगला नोभेम्बर महिनाको अन्तिमतिर काठमाडौं आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । सीमा विवादसँगै दुवै देशबीच कूटनीतिक र राजनीतिक संवाद ठप्प रहेको थियो ।

    गत हप्तामात्रै भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न तीन दिने नेपाल भ्रमणमा आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र नरवणेको भेटमा सीमा विवादको कुरा उठेको र नरवणेले दिल्लीको असन्तुष्टिबारे ओलीलाई ब्रिफिङ गरेका थिए ।

    नरवणले स्वदेश फिर्ता भएपछि दिल्लीमा नेपाली पक्षसँग भएको छलफलबारेमा ब्रिफिङ गरेका थिए । त्यसपछि मोदी सरकार विदेश सचिव स्रिंगलालाई वार्ताका लागि काठमाडौं पठाउन राजी भएको बताइएको छ।

    नोभेम्बर २६ र २७ मा नेपाल भ्रमणमा आउने स्रिंगलाले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्ने तय भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग समेत शिष्टाचार भेट गरी छलफल गर्ने जनाइएको छ।

    नरवणेअघि कोरोना संक्रमणका कारण नेपाल र भारतबीच हवाई सेवा बन्द रहेको बेला रअ प्रमुख सामन्त गोयलले काठमाडौं आएर ओलीसँग भेट गरेपछि दिल्ली संवादमा फिर्ता आउन चाहेको हो।

    स्रिंगलाको नेपाल भ्रमणका क्रममा संयुक्त प्राविधिक सीमा जाँच समितिको बैठकको मिति समेत तय हुनसक्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

    मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.