बिवश छन्त्याल, बागलुङ ।
ढोरपाटन नगरपालिका–४,खुंगामा अखिल नेपाल युवक संघको भेला सम्पन्न भएको छ । भेलाले जीवन बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय ‘सोर्बाङ–तोस्बाङ’ टोल समिति गठन भएको छ ।
Advertisement
समितिको उपाध्यक्षमा शंकर विक, सचिव वशन्ती हर्मेल, सह सचिव विशाल हर्मेल र कोषाध्यक्ष दिपा हर्मेल चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा सुदिप हर्मेल, अमृत खड्का, नन्द कुमार हर्मेल, भिम बहादुर अर्गेजा मगर, लिला सिउथानी मगर, गोपाल विक, डिल कुमार पर्टेल, धन बहादुर हर्मेल, रेशम गोतामे र उमेश बुढाथोकी मगर रहनुभएको छ ।
बिहीबार तोस्बाङमा भएको सो भेलामा राष्ट्रिय जनमोर्चा ढोरपाटन–४ खुंगाका वडासमिति अध्यक्ष खड्क कुँवर, सचिव कुल बहादुर छन्त्याल र ढोरपाटन नगर समिति सदस्य चन्द्र बहादुर बुढाथोकी मगरको विशेष उपस्थिति थियो ।
