काठमाडौं । उत्तरी चीनमा एउटा यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको लरीसँग ठोकिँदा ३६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।
Advertisement
उक्त बसमा ६९ जना मानिस सवार थिए।बाटोमा गुडिरहँदा पाङ्ग्राको हावा खुस्किएपछि उक्त बसको दिशा मोडिएको हुन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।
त्यसपछि उक्त बस एउटा लरीमा गएर ठोकिएको थियो। लरीमा तीन जना सवार थिए। चीनमा ट्राफिक नियम उल्लङ्घन गरिने हुँदा घातक दुर्घटनाहरू भइरहन्छन्।
उक्त दुर्घटनामा अरू ३६ जना मानिस घाइते भएका छन्। तीमध्ये नौ जना घाइतेहरू गम्भीर अवस्थामा भएको अधिकारीहरू बताएका छन्। –बिबिसी
