• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

जुवातास खेल्ने १६ जना पक्राउ

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

  • ७. अधुरा कृति : कथा विभिन्न

  • ८. टोपबहादुर एमाले भेलामा

  • ९. हुम्लाका गाउँपालिका अध्यक्ष पक्राउ

  • १०. रसुवाका ६७ बाढीपीडित परिवारलाई राजमो र मूल प्रवाहद्वारा तेस्रो चरणको नगद राहत वितरण

अधुरा कृति : कथा विभिन्न


  •   सोमबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    केही समय अगाडि वरिष्ठ राजनीतिज्ञ मोहनविक्रम सिंहले आफ्नो लेखनको भावी योजना युगदर्शन अनलाइनमार्फत सार्वजनिक गरेका थिए । उनले ‘व्यक्तिगत स्वार्थ’ लाई विषय बनाएर लेख्ने र त्यसका लागि स्वदेशसहित विश्वका विभिन्न पुस्तकालयबाट सामग्री सङ्कलनको योजना रहेको बताएका थिए । आफ्नो पुस्तकलाई पूर्णता दिन कैयौँ सेमिनार र अन्तरक्रियासमेत आयोजना गर्ने बताएका थिए । त्यसरी त्यो माध्यमबाट पुस्तकलाई व्यक्तिगत नभएर सामूहिक स्वरूप दिने उनको योजना रहेको छ ।

    उनले त्यो पुस्तक आफ्नो स्वास्थ्यका कारणले पूरा हुन्छ वा हुँदैन ? त्यसमा शङ्कासमेत प्रकट गरेका छन् । त्यसबारे युगदर्शन अनलाइनमा उनले लेखेका छन्– “सो पुस्तक तयार पार्न चार/पाँच वर्ष समय लाग्नेछ । त्यो पुस्तक लेख्न त्यति समय लगाउन मेरो स्वास्थ्यले साथ दिने छ वा छैन ? त्यो भन्न सकिने कुरा हैन । मलाई त्योभन्दा बढी समय बाच्नेछु भन्ने लागेको छ तर जीवन र मृत्यु हाम्रो हातमा हुँदैन तैपनि बाचुञ्जेल वा स्वास्थ्यले साथ दिँदासम्म मैले त्यो पुस्तक जति तयार पार्न सक्नेछु । त्यसले पनि सो विषयलाई स्पष्ट पार्नका लागि केही न केही मदत गर्नेछ भन्ने मैले विश्वास गरेको छु ।”

    उनको पुस्तकसम्बन्धी यो स्पष्टोक्ति आए पनि हामीले कामना गरौँ कृतिले पूर्णता पाउनेछ तर कुनै लेखकले लेखनकार्य अगाडि बढाएका कैयौँ कृति स्वास्थ्यलगायतका कारणले गर्दा अधुरै रहने गरेका तथ्यको पनि लामै सूची रहेको छ ।

    विश्वप्रसिद्ध कैयौँ लेखकले लेख्न सुरु गरेका कृतिहरू विभिन्न कारणले गर्दा अधुरै रहने गरेको लामो फेहरीस्त पाइन्छ । त्यसैगरी विभिन्न लेखकले लेखेर पूरा समेत गरिसकेका कृति उनीहरूको जीवनकालमा प्रकाशन हुन नसकेर मृत्यु भएको कैयौँ वर्षपछि प्रकाशन भएको पनि पाइन्छ । कैयौँ लेखकले एउटा उद्देश्य बनाएर लेखनकार्य अगाडि बढाउँदै जाँदा प्राप्त सामग्रीका कारण उनीहरूको त्यससम्बन्धी धारणामा परिवर्तन आएर त्यससम्बन्धी लेखनकार्य अधुरै छोडने गरेको वा आफूले छनोट गरेको विषयका विरुद्ध लेखेकोसमेत पाइन्छ ।

    विश्वप्रसिद्ध साहित्यकार लियो तोल्सतोयले रुसी सम्राट “पिटर द ग्रेटको युग” माथि आधारित भएर ऐतिहासिक उपन्यास लेख्ने योजना बनाएका थिए । उनले त्यससम्बन्धी कैयौँ नोट तथा प्रारम्भिक मस्यौदा पनि तयार पारेका थिए । सामग्री सङ्कलन गर्दै जाँदा उनलाई सम्राट पिटरको चरित्रप्रति वितृष्णा जागेपछि तोल्सतोयले सो कार्य बिचमै छोडे ।

    भारतका एक जना लेखक हंसराज रहवरले जवाहरलाल र गान्धीको जीवनी लेख्ने योजना बनाए । सामग्री सङ्कलन गर्दै जाँदा जीवनी कार्य बिचमै रोकेर उनीहरूका विचारका विरुद्ध “नेहरू बेनकाव” र “गान्धी बेनेकाव” गरी दुइटा बेग्लाबेग्लै कृति तयार पारे । उक्त दुइटै कृति गान्धीी र नेहरूका विरुद्ध लेखिएको छ ।

    आफ्नो जीवनमा कृति तयार पारेर पनि प्रकाशन हुन नसकेका र मृत्यु पश्चात्ताप प्रकाशन भएका कृतिहरूको सूची पनि लामै पाइन्छ । यसै सन्दर्भमा मार्क्स र एङ्गेल्स सन् १८४५ देखि १८४६ का बिचमा लेखेको दार्शनिक पुस्तक “जर्मन विचारधारा” मार्क्स र एङ्गेल्स जीवित हुँदासम्म प्रकाशन हुन सकेन । उनीहरू दुवैको मृत्युपश्चात् सन् १९३२ मा गएर मात्र उक्त कृति प्रकाशन भयो । त्यसैगरी सन १८४४ मा मार्क्सले लेखेको अर्थदार्शनिकसम्बन्धी पाण्डुलिपि मार्क्सको मृत्यु भएको कैयौँ वर्षपछि सन् १९३२ मा प्रकाशन भयो । त्यसैगरी मार्क्सले लेखेको ८०० पृष्ठ लामो “गु्रन्डिसे” भनेर चिनिने आर्थिक नोट उनको मृत्युपश्चात सन् १९४१ मा मात्र गएर प्रकाशन भयो । मार्क्सको यो महत्त्वपूर्ण आर्थिक तथा दार्शनिक कृति हो ।

    लेख्न सुरु गरेर स्वास्थ्यका कारण अधुरा रहेका कृतिहरूको सूची पनि लामै छ । कार्ल मार्क्सले सन् १८६६ मा ‘पुँजी’ को पहिलो खण्ड आफैले पूरा गरी प्रकाशित गरेका थिए तर सन् १८८३ मा उनको निधन भयो, जसको परिणाम ‘पुँजी’ को बाँकी काम अधुरो रहन गयो । उक्त अधुरो कामलाई एङ्गेल्सले पूरा गरेका थिए ।

    एङ्गेल्सले ‘पुँजी’ सँग सम्बन्धित अधुरो मस्यौदा र विभिन्न नोटलाई सम्पादन गरेका थिए । एङ्गेल्सले ‘पुँजी’ खण्ड २ र ३ सम्पादनसहित प्रकाशन गरेका थिए । ‘पुँजी’ को चौथो खण्डको रूपमा रहेको “थ्योरिज अफ सरप्लस भ्यालु” लाई कार्ल काउत्स्कीले सम्पादन गरेका थिए यद्यपि सम्पादन गर्ने क्रममा कार्ल काउत्सकीले ‘पुँजी’ कृतिको मूल भावनामा केही फरक पर्ने गरी सम्पादन गरेका थिए । त्यसलाई सुधार गर्दै सन् १९४८ मा सोभियत सङ्घ कम्युनिस्ट पार्टीले पुन: सम्पादन गरेको थियो ।

    म्याक्सिम गोर्कीले सन् १९२५ देखि १९३६ सम्म अर्थात ११/१२ वर्ष लगाएर “द लाइफ अफ क्लिम समगिन” शीर्षकको उपन्यास तयार पारेका थिए । उनले यो उपन्यास चार खण्डमा तयार पार्ने योजना बनाएका थिए तर चौथो खण्ड लेख्दै गर्दा सन् १९३६ मा गोर्कीको निधन भयो, जसको कारण उपन्यासको अन्तिम भाग अधुरै रह्यो । त्यस्तै गरी गोर्कीले लेख्न सुरु गरेको “द ड्रिम” नामको लघुउपन्यास पनि अधुरै रहन गएको थियो ।

    अधुरो रहेका कृतिहरूले पनि मानवज्ञान र चेतनाको अभिवृद्धि, आन्दोलन/सङ्घर्ष र परिवर्तनका लागि महत्त्वपूर्ण आधार प्रदान गर्ने गर्दछन् । त्यसैले अधुरो कृतिको आफ्नै महत्त्व छ । त्यसका बाबजुद पनि कुनै कृतिले पूर्णता पाउन सकेमा त्यसको झन् ठुलो महत्त्व रहने गर्दछ । त्यसैले आशा गरौँ, मोहनजीको “व्यक्तिगत स्वार्थ” सम्बन्धी पुस्तकले पूर्णता पाउनेछ ।

    सोमबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर
    कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली
    कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी
    प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌
    काठमाडौँमा पनि भूकम्पको धक्का महसुस
    यस्तो छ, नेपाल–भारतमाझको २४ बुँदे संयुक्त प्रेसविज्ञप्ति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

    भर्खरै

    • १.
      गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

    • २.
      जुवातास खेल्ने १६ जना पक्राउ

    • ३.
      काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

    • ४.
      कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

    • ५.
      कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

    • ६.
      प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

    • ७.
      हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

    • ८.
      चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.