• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

जुवातास खेल्ने १६ जना पक्राउ

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

  • ७. अधुरा कृति : कथा विभिन्न

  • ८. टोपबहादुर एमाले भेलामा

  • ९. हुम्लाका गाउँपालिका अध्यक्ष पक्राउ

  • १०. रसुवाका ६७ बाढीपीडित परिवारलाई राजमो र मूल प्रवाहद्वारा तेस्रो चरणको नगद राहत वितरण

रसुवाका ६७ बाढीपीडित परिवारलाई राजमो र मूल प्रवाहद्वारा तेस्रो चरणको नगद राहत वितरण


  •   सोमबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा । धुन्चे (रसुवा) । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका ६७ परिवारलाई २०८३ मंसिर ६ गते आइतबार तेस्रो चरणको नगद राहत वितरण गरिएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिको संयुक्त आयोजनामा बाढीपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

    गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गतका सानो भार्खु र ठूलो भार्खु तथा वडा नं. ६ अन्तर्गत धुन्चेका बाढीपीडित परिवारलाई नगद राहत प्रदान गरिएको हो ।

    राहत वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले दुःखद घडीमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र पीडित परिवारप्रति समवेदना व्यक्त गर्न आफूहरू आएको बताउनुभयो ।

    “यो घटनापछि हामीले देशभित्र र भारतस्थित हाम्रो सङ्गठनमार्फत सहयोग सङ्कलनका लागि अनुरोध गर्‍यौँ,” उहाँले भन्नुभयो, “हामी कुनै एनजीओ वा आईएनजीओ होइनौँ, चित्रबहादुर केसीको नेतृत्वमा रहेको विशुद्ध राजनीतिक सङ्गठन हौँ । सङ्कलित रकम सिधै पीडितको हातमा पुगोस् भन्ने उद्देश्यले सरकारी कोषमा जम्मा नगरी आफैँ लिएर आएका छौँ ।”

    बाढीबाट भएको ठूलो क्षतिको पूर्ति गर्न नसकिए पनि दुःखमा साथ दिन र पीडामा केही मलम लगाउन आफ्नो सङ्गठन सधैँ पीडितको पक्षमा रहने उहाँले उल्लेख गर्नुभयो ।

    त्यस्तै, राजमोका केन्द्रीय सल्लाहकार आनन्दराज शर्माले भारतको हिमाचलमा रहेका युवाहरूको पहलमा तथा नेपालका विभिन्न जिल्लाबाट सङ्कलित रकम पीडितसमक्ष पुर्‍याइएको जानकारी दिनुभयो । अन्य संस्थाबाट जिन्सी सामग्री आइरहेकाले पीडितले आफ्ना तत्कालका आवश्यकताअनुसार खर्च गर्न सकून् भनेर नगद नै वितरण गरिएको उहाँको भनाइ थियो ।

    अर्कावक्ता अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाले नेपाल र भारतमा श्रम गर्ने मजदुर तथा पार्टीका शुभचिन्तकहरूबाट थोरै–थोरै रकम सङ्कलन गरेर तेस्रो चरणको राहत वितरण गर्न आएको बताउनुभयो । अन्य सङ्घसंस्थाले खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइरहेकाले स्थानीय साथीहरूसँगको समन्वयमा नगद राहत उपयुक्त ठानिएको उहाँले स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङसहित स्थानीय समाजसेवीहरूको उपस्थिति थियो ।

    राहत वितरण टोलीमा राजमोकी उपाध्यक्ष दुर्गा पौडेल, केन्द्रीय सल्लाहकार आनन्दराज शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुन, राजमोकी केन्द्रीय सदस्य सुधा शर्मा, राजमो काठमाडौँका उपाध्यक्ष दिवाकर सुवेदी, मसाल काठमाडौँका पूर्वप्रवक्ता जगत रेग्मी र गोविन्द शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

    यसअघि पनि राजमो र मूल प्रवाहले गोसाइँकुण्ड गाउँपालिका–६ का बोकेझुन्डा, ठाडे र सोले; कालिका गाउँपालिका–१ का ग्राङ, पलेप र राम्चे तथा वडा नं. २ को गुम्बाडाँडा; उत्तरगया गाउँपालिका–४ को ढुङ्गे; आमाछोदिङ्मो गाउँपालिका–२ को ग्रे; नौकुण्ड गाउँपालिका–६ को सस्र्युं र वडा नं. ५ को चिसी तथा काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित पहेँलो गुम्बानजिक रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडित परिवारलाई राहत वितरण गरेको थियो ।

     

     

     

     

    सोमबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर
    जुवातास खेल्ने १६ जना पक्राउ
    कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली
    कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी
    प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌
    हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

    भर्खरै

    • १.
      गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

    • २.
      जुवातास खेल्ने १६ जना पक्राउ

    • ३.
      काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

    • ४.
      कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

    • ५.
      कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

    • ६.
      प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

    • ७.
      हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

    • ८.
      चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.