तिलक राना
हैदराबाद, २० नोभेम्बर । प्युठान जिल्ला, माण्डवी गाउँपालिका ५ निवासी शिवबहादुर रोकाका छोरा रेशम रोका पछिल्लो समय बसाइँसराइ गरी रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका, मुर्गियामा बसोबास गर्दै आएका थिए । करिब १७–१८ वर्षदेखि भारतको हैदराबादलाई कर्मथलो बनाउँदै आएका ४८ वर्षीय रोका हैदराबादको हायतनगरमा श्रीमती टीका रोकासँग बस्दै आएका थिए ।
प्राप्त स्रोतका अनुसार रेशम रोकाले हैदराबादको हायतनगर, दिलसुखनगर र एनटीआर नगरमा तीनवटा फास्टफुड व्यवसाय सञ्चालन गर्दै आएका थिए। उनले ती तीनवटै व्यवसाय बिक्री गरी विभिन्न व्यक्तिहरूसँग आर्थिक कारोबारका क्रममा करिब ३० लाख भारतीय रुपैयाँ लिएको र उक्त रकमसम्बन्धी विवाद उत्पन्न भएपछि मिति १६ नोभेम्बर २०२६ देखि श्रीमती टीका रोकासहित सम्पर्कविहीन भएको आरोप पीडितहरूले लगाएका छन्।
आर्थिक समस्यामा परेका व्यक्तिहरूलाई न्याय दिलाउन खोजी तथा आवश्यक पहल गरिदिन प्रेम पौडेल (डम्बरबहादुर पौडेल) ले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसमक्ष निवेदन दिएका छन्।
यसै सन्दर्भमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रेशम रोका र उनकी श्रीमती टीका रोकालाई कतै देखे वा भेटेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा तिलक राना : +९१ ९७०१३ २३०११, प्रेम पौडेल (डम्बरबहादुर पौडेल) : +९१ ९०६३७ ९६७३६, राजु पौडेल : +९१ ८५२२० ४८६४१, किशोर सापकोटा : +९१ ७०९३६ ८८८०१ मा जानकारी गराइदिन सबैमा विनम्र अनुरोध गरेको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्बन्धित व्यक्तिहरूको खोजी तथा पीडितहरूको आर्थिक समस्याको समाधानका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।
