काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।
Advertisement
नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर ५.६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको हो ।
भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगेरनपुगेको विवरण भने आइसकेको छैन ।
भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले उल्लेख गरेको छ ।
