• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी

ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

“सही समय”

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. कवि

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी


  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • तेहरान, १८ कात्तिक । हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका चारवटा तेल ट्याङ्कर समुद्री बारुदी धरापमा परेर ध्वस्त भएको इरानले दाबी गरेको छ । ती ट्याङ्करमा आगलागी भएको र अझै जलिरहेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले जनाएको छ ।

    Advertisement

    आइआरजीसीले बुधबार सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा हर्मुज जलघाँटीको दक्षिणी भागमा रहेको प्रतिबन्धित मार्गबाट जान खोजेका चारवटा तेल ट्याङ्कर नौसैनिक बारुदी धरापमा परेको उल्लेख गरेको छ । तीबाहेक अन्य दुईवटा जहाजलाई समेत रोकिएको इरानको दाबी छ । इरानी सेनाले जलघाँटी क्षेत्रमा एउटा ड्रोन खसालेको पनि जनाएको छ  ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रमाथि अमेरिकाले आक्रमण गरेको बताएको एक दिनपछि इरानको यस्तो दाबी सार्वजनिक भएको हो । यसअघि हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा आक्रमण भएको विवरण सार्वजनिक भएको थियो ।

    तेहरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ । युद्ध सुरु भएदेखि नै आफ्नो अनुमति नलिई जलघाँटी पार गर्न खोज्ने जहाजलाई इरानले निशाना बनाउँदै आएको छ ।

    गत फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको द्वन्द्व महिनौँदेखि गतिरोधमा छ । अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता जारी रहे पनि कूटनीतिक समाधानको खासै सङ्केत देखिएको छैन । इरानले लामो समयदेखि राख्दै आएका मागमा वासिङ्टन सहमत भए मात्रै हर्मुज जलघाँटी पुनः खोल्न तयार रहेको जनाएको छ ।

    अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले आफ्नो देश युद्धका लागि तयार रहेको बताएका छन् । उनले इस्लामिक गणतन्त्रले ‘युद्धको ट्रिगरमा औँला राखेको’ उल्लेख गरेका छन् ।

    यद्यपि, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो सरकारले वार्तामार्फत सङ्कट समाधान गर्न चाहेको बताएका छन् । उनले मङ्गलबार पुनः युद्ध सुरु भए त्यसबाट कसैलाई पनि फाइदा नहुने चेतावनी दिएका छन् ।

    बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
    इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने
    ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन
    डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली
    दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी
    हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

    • २.
      इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    • ३.
      ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    • ४.
      डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

    • ५.
      दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

    • ६.
      समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

    • ७.
      हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी

    • ८.
      ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.