• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

अपराधीहरू

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

  • १०. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार


  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • वासिङ्टन, १७ कात्तिक । अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयासलाई सोमबार अस्वीकार गरेको छ । सङ्घीय सरकारले गैरनागरिक भएको दाबी गरेका मतदातासँग सम्बन्धित मुद्दामा अदालतले हस्तक्षेप गर्न अस्वीकार गरेको हो । मध्यावधि निर्वाचनको मतदानको अन्तिम दिनअघि आएको यो निर्णय प्रशासनका लागि अर्को कानूनी धक्का बनेको छ ।

    Advertisement

    रिपब्लिकन प्रशासनले क्यालिफोर्नियाको मतदाता सूचीमा सम्भावित गैरनागरिकका रूपमा २० हजार मानिसलाई पहिचान गरेको थियो । तर, राज्यका अधिकारीहरूले उक्त सूचीमा त्रुटि रहेको र मतपत्र अलग राख्दा कानूनी मतदातासमेत मताधिकारबाट वञ्चित हुन सक्ने बताएका छन् । सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले निर्णयप्रति सार्वजनिक रूपमा असहमति जनाउनुभएन ।

    यसअघि तल्लो अदालतहरूले पनि प्रशासनको माग अस्वीकार गरेका थिए । क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाका अनुसार जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म प्रशासनको प्रयास चार पटक असफल भएको छ ।

    अमेरिकामा गैरनागरिकले मतदान गर्ने घटना दुर्लभ भए पनि ट्रम्प प्रशासनले यस वर्ष त्यस्ता मतदाताको पहिचानलाई प्राथमिकता दिएको छ । न्याय मन्त्रालयको तथ्याङ्कमा व्यापक त्रुटि रहेको विषयमा पनि प्रश्न उठेको छ । सङ्घीय अभियोजक बिल एसेलीले सूचीमा रहेका व्यक्ति मतदानका लागि अयोग्य रहेको दाबी गर्नुभए पनि त्यसमा त्रुटि हुन सक्ने सम्भावना स्वीकार गरिएको थियो ।

    यसैबीच, सङ्घीय जिल्ला अदालतकी न्यायाधीश ट्रिना थम्पसनले न्याय मन्त्रालयलाई गैरनागरिक सूचीसँग सम्बन्धित आपराधिक अनुसन्धान वा अभियोजन अघि बढाउनुअघि सम्बन्धित पक्षलाई जानकारी दिनुपर्ने आदेश विस्तार गर्नुभएको छ । मुख्य न्यायाधीश जेम्स बोसबर्गले पनि प्रशासनको निर्वाचनसम्बन्धी कदमले अमेरिकी संविधान उल्लङ्घन गरेको हुन सक्ने बताउनुभएको थियो ।

    क्यालिफोर्नियामा अक्टोबरको सुरुदेखि मतदान भइरहेको छ । एसोसिएटेड प्रेसका अनुसार राज्यका करिब दुई करोड ३० लाख दर्ता भएका मतदातालाई मतपत्र पठाइएकामा ६० लाखभन्दा बढी फिर्ता भइसकेका छन् । निर्वाचन अधिकारीहरूले अब विवादित मतपत्र पहिचान गरी अलग राख्न व्यावहारिक रूपमा असम्भव हुने बताएका छन् ।

    जिल्ला अदालतले मतपत्र अलग राख्दा निर्वाचन प्रक्रियामा गम्भीर अव्यवस्था उत्पन्न हुने चेतावनी दिएको थियो । दुई–एक मतले पुनरावेदन अदालतले पनि राज्यको पक्षमा निर्णयलाई समर्थन गरेको थियो । यसअघि सर्वोच्च अदालतले सेप्टेम्बरमा हुलाकमार्फत मतदान गर्ने व्यवस्थामा प्रतिबन्ध लगाउने ट्रम्पको प्रयाससमेत अस्वीकार गरेको थियो ।

    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता
    व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
    पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए
    बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ
    मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
    आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    • २.
      व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

    • ३.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ४.
      पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

    • ५.
      बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

    • ६.
      अपराधीहरू

    • ७.
      मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

    • ८.
      आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.