• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण


  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
  • गेलेफु, १५ कात्तिक। आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन् ।

    Advertisement

    भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर लामो क्षेत्रमा निर्माण गरिएका ती स्तूप प्रत्येक १५ मिटर अग्ला छन् । हिमालय क्षेत्रमा पाइने पवित्र बौद्ध स्मारकका रूपमा रहेका यी संरचना भविष्यमा निर्माण हुने गेलेफु माइन्डफुलनेस सिटीको क्षेत्रमा अवस्थित छन् ।

    अधिकारीका अनुसार स्वयंसेवकहरूले मध्यरातपछि निर्माण कार्य सुरु गरी एकै दिनमा सबै १०८ स्तूप निर्माण गरेका हुन् । उनीहरूले यस कार्यलाई ‘प्रार्थनाको भौतिक रूप’का रूपमा व्याख्या गरेका छन् ।

    चीन र भारतको बीचमा रहेको भूपरिवेष्टित भुटानको जनसङ्ख्या करिब आठ लाख छ । आर्थिक विकाससँगै ‘कुल राष्ट्रिय खुसी’लाई प्राथमिकता दिने नीतिका कारण भुटान परिचित छ ।

    नयाँ सहर निर्माणमार्फत अर्थतन्त्रलाई गति दिने र रोजगारीका अवसर सिर्जना गरी युवालाई स्वदेशमै बस्न प्रोत्साहित गर्ने भुटानको लक्ष्य छ । यसका साथै दिगो व्यवसाय, हरित प्रविधि, शिक्षा, पर्यटन तथा वित्तीय सेवाका क्षेत्रमा लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

    भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले सन् २०२४ मा शाही आदेशमार्फत यस विशेष क्षेत्रको स्थापना गर्नुभएको थियो । उहाँले यसको उद्देश्य जीवन्त आर्थिक केन्द्र निर्माण गर्नु रहेको बताउनुभएको थियो ।

    भुटान अहिले घट्दो जन्मदर र रोजगारी तथा अन्य अवसरको खोजीमा विदेशिने युवाको समस्यासँग जुधिरहेको छ ।

    युवालाई रोजगारी पाउन सहयोग गर्ने संस्था ‘अर्गनाइजेसन फर युथ एम्पावरमेन्ट’का प्रमुख ६५ वर्षीय निमा ग्याल्चेनले यस घटनालाई भुटानको इतिहासमा भावी पुस्ताले समेत स्मरण गर्ने बताउनुभयो।

    सन् २०१७ को पछिल्लो जनगणनाअनुसार गेलेफु सहरको जनसङ्ख्या १० हजारभन्दा कम छ ।

    आयोजकहरूका अनुसार बौद्ध परम्परामा विशेष महत्व राख्ने यी १०८ स्तूपको कुल उचाइ इजिप्टको गिजास्थित ग्रेट पिरामिडको उचाइभन्दा १० गुणा बढी छ । परियोजनाको अनुमानित लागत दुई करोड १० लाख अमेरिकी डलर रहेको छ । यद्यपि, भुटानले आफ्नो महत्वाकांक्षी योजना साकार पार्न आवश्यक लगानी जुटाउन सक्नेमा विश्लेषकहरूले प्रश्न उठाएका छन् ।

    यसैबीच, भारतीय अर्बपति गौतम अदानीको नेतृत्वमा रहेको अदानी समूह गत जनवरीमा गेलेफु माइन्डफुलनेस सिटीको संस्थापक सदस्यका रूपमा जोडिएको थियो ।

    यो सहर छिमेकी भारतीय राज्य आसामको रेल सञ्जालसँग जोडिनेछ । साथै, सन् २०२९ मा यहाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    यो परियोजना भुटानको क्रिप्टोकरेन्सीसम्बन्धी महत्वाकांक्षासँग पनि जोडिएको छ । भुटानले आफ्नो अतिरिक्त जलविद्युत् प्रयोग गरी बिटक्वाइन उत्खनन गर्दै आएको छ । साथै, सहरको विकासमा डिजिटल सम्पत्तिको उपयोग गर्ने योजना बनाएको छ ।

    आइतबारको समारोहमा सहभागी स्थानीय बासिन्दा ५६ वर्षीया बिष्णु माया मोक्ताङले प्रस्तावित सहरको विकास हेर्न आफू उत्साहित रहेको बताउनुभयो ।

    “म यो सहर हेर्न पाउने गरी लामो समयसम्म बाँच्ने आशा गर्छु,” उहाँले एएफपीसँग भन्नुभयो ।

    “मेरा आमाबुबा सानै उमेरमा बित्नुभयो । उहाँहरूले यो सहर कहिल्यै देख्न पाउनुभएन । आफूले यो अवसर पाएकोमा म भाग्यशाली महसुस गर्छु ।”

    आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन
    अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • २.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ३.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ४.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ५.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ६.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ७.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ८.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.