• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे बैठक


  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • बेइजिङ, ९ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीभित्र अनुशासन कडा बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कार्यकर्ताको कार्यक्षमता तथा वफादारी बढाउने विषयमा छलफल गर्न सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु गर्नुभएको छ । आगामी वर्ष हुने पार्टी महाधिवेशन र नेतृत्वको सम्भावित फेरबदलअघि सुरु भएको बैठकलाई चीनको भावी राजनीतिक दिशा बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

    Advertisement

    पाँचौँ पूर्ण अधिवेशन भनिने बैठकमा सत्तारूढ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका करिब ३०० सदस्य सहभागी छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले बैठकमा पार्टीको अनुशासन र स्वशासन सुदृढ गर्ने रणनीतिक योजनासहितको मस्यौदा निर्णय प्रस्तुत गर्नुभएको छ ।

    बन्द कोठामा कडा सुरक्षाबीच भइरहेको बैठकका विस्तृत निर्णय बिहीबार बैठक सकिएपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ । आगामी वर्ष हुने पार्टी महाधिवेशनमा ७३ वर्षीय सीले ऐतिहासिक चौथो कार्यकाल सुनिश्चित गर्ने र नेतृत्वमा फेरबदल गर्ने सम्भावना रहेकाले बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

    सीले १४ वर्षदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आउनुभएको छ । यस क्रममा केन्द्रीय समितिका सदस्यसहित हजारौँ अधिकारी कारबाहीमा परेका छन् । तर, आफ्ना निर्देशन कार्यान्वयन नगर्ने तथा पार्टीप्रति पूर्ण वफादार नहुने अधिकारीप्रति उहाँ असन्तुष्ट रहेको सरकारी सञ्चारमाध्यममा प्रकाशित सामग्रीले देखाएको छ ।

    यस वर्षको बैठकमा केन्द्रीय समितिका आठ स्थान रिक्त छन् भने अन्य १५ सदस्य अनुसन्धानमा रहेकाले पद गुमाउने जोखिममा छन् । सीको अभियानले सेनालाई समेत प्रभावित पारेको छ । केन्द्रीय सैन्य आयोगका सात सदस्यमध्ये पाँच जना पदबाट हटाइएका छन् । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका अनुसार सन् २०२२ मा केन्द्रीय समितिमा नियुक्त ४४ सैन्य सदस्यमध्ये दुई जना मात्र कारबाहीमा नपरेको वा सम्पर्कविहीन नभएको अवस्था छ ।

    विश्लेषकहरूका अनुसार सीले थप निगरानी र कडा नियममार्फत पार्टीका अधिकारीको कार्यक्षमता तथा वफादारी बढाउन खोज्नुभएको छ । बैठकले केन्द्रीय सैन्य आयोगमा नयाँ सदस्य नियुक्त गर्ने, आगामी वर्षको महाधिवेशनसम्म नियुक्ति स्थगित गर्ने वा सेनामाथि पार्टीको नियन्त्रण पुनर्गठन गर्ने विकल्पमध्ये कुनै निर्णय लिन सक्ने अनुमान गरिएको छ ।

    चीनको सुस्त घरेलु खर्च, लामो समयदेखि सङ्कटमा रहेको घरजग्गा क्षेत्र र अमेरिकासँगको तनावपूर्ण आर्थिक तथा राजनीतिक सम्बन्धका बीच बैठक सुरु भएको हो । यी चुनौतीको सामना गर्न चीनको नेतृत्वले कस्तो नीति अपनाउँछ भन्ने विषयमा पनि बैठकको निर्णयलाई महत्त्वका साथ हेरिएको छ ।

    सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
    खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
    गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • २.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ३.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ४.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ५.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ६.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ७.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ८.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.