काठमाडौँ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले देशव्यापी हिंसात्मक प्रदर्शनको जिम्मेवारी लिँदै राजीनामा दिएका छन्। उनले फ्रान्स इन्टरसँग सोमबार बिहान कुरा गर्दै घटनाको जिम्मेवारी महसुस गरेपछि राजीनामा बुझाएको बताएका हुन्।
यसअघि राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनको राजीनामा अस्वीकार गर्दै सडक सुरक्षा मजबुत बनाउन र दङ्गामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।
नुनेजका अनुसार सरकारले दुई लाख प्रदर्शनकारी सहभागी हुने अनुमान गरे पनि शनिबार देशभर पाँच लाख ५० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए। बढ्दो महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा सुरु भएको आन्दोलनमा विद्यार्थी, शिक्षक, पेन्सनधारी र कामदारहरू सहभागी भएका थिए।
सेप्टेम्बरको मध्यदेखि विद्यालयका जीर्ण भवन, शिक्षक अभाव र शिक्षाको खस्कँदो गुणस्तरविरुद्ध सुरु भएको आन्दोलन पछि देशव्यापी रूपमा फैलिएको थियो।





