काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारणले केही प्रदेशका भूभागमा वर्षाको सम्भावना रहेको छ ।
Advertisement
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।





