• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

“सही समय”

बैनी, तेरो मृत्युमा (शोककविता)

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

बागलुङमा अविरल वर्षाको वितण्डा : ९ जनाको मृत्यु, एक बेपत्ता, दर्जनभन्दा बढी घरमा क्षति


  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
  • बागलुङ । केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो र घर भत्किने घटनाबाट ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय बागलुङको विपद्सम्बन्धी विवरणअनुसार ९ जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १०/११ वटा घर भत्किएका छन्।

    Advertisement

    प्रशासनको विवरणअनुसार २०८३ असार ९ गते ताराखोला गाउँपालिका–५ मा अविरल वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको थियो।

    त्यसैगरी, असार १० गते राति परेको अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ मा पहिरोले घर भत्काउँदा दुई जनाको मृत्यु भएको छ। तमानखोला–४ मा बाढीका कारण थप दुई जनाको मृत्यु र एक जना बेपत्ता भएको प्रशासनले जनाएको छ। उक्त क्षेत्रमा १०/११ वटा घरसमेत भत्किएका छन्।

    असार ११ गते निसीखोला गाउँपालिका–३ मा पहिरोले घर भत्काउँदा एउटै परिवारका चार जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। यससँगै पछिल्ला घटनामा जिल्लामा मृत्यु हुनेको संख्या नौ पुगेको हो।

    विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। तमानखोला गाउँपालिका–३ र ४ मा राहत तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोली हेलिकप्टरमार्फत घटनास्थलतर्फ पठाइएको प्रशासनले जनाएको छ।

    यता, बाढीका कारण बागलुङ नगरपालिका–९ मालढुंगास्थित बागलुङ–पर्वत जोड्ने मालढुंगा मोटरेबल पुलको पूर्वी भाग कालीगण्डकी नदीको बाढीले क्षति पुर्‍याएको छ। पुलको सम्बन्धित सडकसँगको सम्पर्क विच्छेद भएपछि यातायात सञ्चालन सहज बनाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरी तत्काल मर्मतको पहल थालिएको छ।

    अविरल वर्षाका कारण बागलुङ नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चार तथा विद्युत् सेवा प्रभावित, सडक अवरुद्ध तथा पहिरो खस्ने क्रम जारी रहेको प्रशासनको विवरणमा उल्लेख छ। राजमार्ग तथा सहायक मार्गमा अवरुद्ध सडक खुलाउन सडक डिभिजन र स्थानीय तहको समन्वयमा जेसीबी परिचालन गरी सडक सञ्चालनको प्रयास भइरहेको जनाइएको छ।

    सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण
    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित
    अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
    गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु
    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

    • २.
      “सही समय”

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

    • ५.
      अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

    • ६.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ७.
      गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

    • ८.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.