काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो ।
झरी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसमविदहरूले जनाएका छन् ।
मौसमविदका अनुसार आज र भोलि पनि झरी पर्ने पूर्वानुमान छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना छ ।
निरन्तरको झरीले बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भएकाले देशभर सावधानी अपनाउन नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानमा साथै मधेश प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
