• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • नयाँ दिल्ली। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नयाँ दिल्ली नगरअन्तर्गतका मध्य दिल्ली एरिया समिति र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    दिनेश पन्थीको अध्यक्षता तथा शिव केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनाल प्रमुख अतिथि तथा केन्द्रीय समितिका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार ठाकुर खनाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य विनबहादुर कुँवर, क्षेत्रीय समिति महिला विभागकी संयोजक लक्ष्मी खडायत, रक्तिम सांस्कृतिक अभियानका पहलसिंह परियार, नयाँ दिल्ली नगर समितिका उपाध्यक्ष युवक घर्ती, क्षेत्रीय विद्यार्थी विभागकी कोषाध्यक्ष ईशा केसी, नयाँ दिल्ली सांस्कृतिक विभागकी संयोजक निरू पुन, महिला विभाग नयाँ दिल्ली नगर समितिकी माया कुँवर, जनसम्पर्क समिति केन्द्रीय सदस्य टेकराज पोखरेल, मूल प्रवाहका सदस्य तथा समाजसेवी शेरसिंह पुराण, दिल्ली नगर समितिका अध्यक्ष सुनिल थापा तथा समाजसेवी दामोदर पाण्डेलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सुरुवात ज्ञात–अज्ञात वीर सहिदहरूप्रति तथा हाल नेपालमा आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। भेलामा उपस्थित सम्पूर्ण सहभागीलाई विष्णु खनालले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।

    भेलाको उद्घाटन प्रमुख अतिथि एवं केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा खनालले एरिया समितिलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, संगठनमा कसरी आबद्ध हुने तथा भारतमा बसोबास गर्ने शोषित, पीडित नेपाली जनसमुदायलाई कसरी संगठित गर्ने भन्ने विषयमा स्पष्ट पार्नुभएको थियो। उहाँले संगठनप्रतिको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व तथा आगामी कार्यदिशाका विषयमा समेत प्रकाश पार्दै भेलालाई शुभकामना दिनुभएको थियो।

    त्यसैगरी, केन्द्रीय समिति सल्लाहकार सदस्य विनबहादुर कुँवरले संयुक्त भेलासमक्ष नयाँ समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो। मध्य दिल्ली एरिया समितिका लागि ११ सदस्यीय पूर्ण समिति, ३ वैकल्पिक सदस्य तथा ३ सल्लाहकार सदस्यको नाम प्रस्तुत गरिएकोमा भेलाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।

    मध्य दिल्ली एरिया समितिको अध्यक्षमा बलराम परियार, उपाध्यक्षमा रामबहादुर रायमाझी, सचिवमा मञ्जु रायमाझी, सहसचिवमा भण्डारी र कोषाध्यक्षमा रामबहादुर जीएम चयन हुनुभएको छ। सदस्यहरूमा शालिकराम पौडेल, खिमप्रसाद भुसाल, जानका भट्टराई, शान्त परियार, शर्मिला अधिकारी र माया कुँवर चयन हुनुभएको छ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा शान्त भाट, सरस्वती खनाल र सपना केसी तथा सल्लाहकार सदस्यहरूमा सरस्वती शर्मा, मनकला भुसाल र पुष्प क्षेत्री चयन हुनुभएको छ।

    दक्षिण दिल्ली एरिया समितिको अध्यक्षमा लक्ष्मी खडायत, उपाध्यक्षमा करण पुन, सचिवमा दिननाथ कुँवर, सहसचिवमा कमला खड्का र कोषाध्यक्षमा निरज पुन चयन हुनुभएको छ। सदस्यहरूमा सरिता पुन, ईशा केसी, सावित्रा कुँवर, शान्त केसी, कौसला परियार र मिना खनाल चयन हुनुभएको छ।

    त्यसैगरी, वैकल्पिक सदस्यहरूमा बिमला रायमाझी, मञ्जु घिमिरे र गीता आचार्य तथा सल्लाहकार सदस्यहरूमा तारा बस्नेत, झकबहादुर कुँवर र मञ्जु बिष्ट चयन हुनुभएको छ।

    भेलालाई सम्बोधन गर्दै केन्द्रीय समितिका सल्लाहकार तथा विशिष्ट अतिथि ठाकुर खनालले समसामयिक राजनीतिक परिस्थिति, नेपालमा आएको विनाशकारी बाढी–पहिरोबाट भएको जनधनको क्षति तथा उद्धार र राहतका क्रममा देखिएका समस्याका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। उहाँले आफू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा कसरी संगठित भएको भन्ने अनुभव सुनाउँदै संगठनको कार्यदिशा, विधान तथा संगठनले निर्वाह गर्दै आएको भूमिकाका बारेमा समेत स्पष्ट पार्नुभएको थियो।

    त्यस्तै, जनसम्पर्क समितिका केन्द्रीय सदस्य टेकराज पोखरेलले नेपालीहरूको हकहितका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गर्दै आएका कामहरूको प्रशंसा गर्दै संगठनले उदाहरणीय भूमिका निर्वाह गरिरहेको बताउनुभएको थियो। उहाँले भेलालाई शुभकामना मन्तव्यसमेत दिनुभएको थियो।

    कार्यक्रमका विभिन्न चरणमा सांस्कृतिक विभागका स्थानीय कलाकारहरूले स्वागत गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा थप उत्साह र मनोरञ्जन थपेको थियो।

    अन्तमा कार्यक्रमका अध्यक्ष दिनेश पन्थीले सहभागी सम्पूर्ण अतिथि, प्रतिनिधि तथा कलाकारहरूलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.