• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ गते शुक्रबारदेखि तीन दिन वर्षाको सम्भावना : पूर्वसतर्कता अपनाउन महोत्तरी महाशाखाको अपिल

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • न्युयोक, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।

    Advertisement

    एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८.९१ अमेरिकी डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको प्रमुख बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८९.९३ डलरमा कारोबार भएको छ । मध्यपूर्वमा फेब्रुअरीमा युद्ध सुरु भएपछि पटक–पटक १०० डलरभन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय उक्त स्तरभन्दा तल आएको हो ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटका क्रममा ट्रम्पले अमेरिका–इरान प्रतिनिधिबीच भएको तीन घण्टा लामो बैठक ‘धेरै राम्रो’ र ‘अत्यन्तै फलदायी’ भएको बताउनुभयो । उहाँका अनुसार दुवै पक्षबीच अर्को बैठक पनि निकट भविष्यमै हुने तय भएको छ ।

    ट्रम्पको यो भनाइ संयुक्त राष्ट्रसंघको महासभामा उहाँले इरानप्रति कडा धारणा व्यक्त गरेको केही घण्टापछि आएको हो । उहाँले इरानसँग सम्झौता गर्ने वा ‘इस्लामिक गणतन्त्रलाई छिट्टै समाप्त गर्ने’ विषयमा आफूले ठूलो निर्णय लिनुपर्ने बताएका थिए ।

    तेहरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट द्वन्द्व सुरु भएको करिब सात महिनापछि पनि अमेरिका र इरानबीचको तनाव कायमै छ । इरानले स्ट्रेट अफ हर्मुज बन्द राखेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि प्रतिरोधात्मक नाकाबन्दी जारी राखेको छ ।

    यसैबीच, साउदी अरबले पनि द्वन्द्वका कारण बन्द भएको आफ्नो ईस्ट–वेस्ट पाइपलाइन सञ्चालन पुनः सुरु गर्न थालेको बताइएको छ । उक्त पाइपलाइन स्ट्रेट अफ हर्मुजको अवरोधलाई छल्दै तेल निर्यात गर्न साउदी अरबका लागि महत्वपूर्ण मार्ग हो ।

    साउदी अरबले यही महिनामा इराकबाट प्रक्षेपण गरिएका ड्रोनका कारण पाइपलाइन बन्द गर्नुपरेको जनाएको थियो । ब्लुमबर्गका अनुसार साउदी अरबले यही साताको अन्त्यतिरबाट तेल निर्यात पुनः सुरु गर्ने तयारी गरेको छ ।

    एआई क्षेत्रमा बढ्दो उत्साह

    तेल बजारसँगै बुधबार एसियाली सेयर बजारमा मिश्रित कारोबार देखिएको छ । ताइवानको ताइएक्स परिसूचक ०.८ प्रतिशतले बढेको छ । चिप निर्माता कम्पनी टीएसएमसीको मुख्य बजारसमेत रहेको ताइवानमा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानी र उत्साहले बजारलाई प्रभावित गरेको छ ।

    एन्थ्रोपिक र ओपनएआईले मंगलबार केही घण्टाको अन्तरालमा नयाँ तथा तुलनात्मक रूपमा सस्ता एआई मोडल सार्वजनिक गरेका छन् । यसअघि दुवै कम्पनीका प्रमुखहरूले शक्तिशाली एआई प्रविधिको विकासको गति केही कम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

    फेसबुकको मातृ कम्पनी मेटाले पनि एआई क्षेत्रमा नयाँ गतिविधि बढाएको छ । कम्पनीको निःशुल्क एआई एजेन्ट ‘म्युज’ सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको थियो । उक्त एआई एजेन्टले यात्रा बुकिङ, इमेल पठाउने तथा अनलाइन खरिदजस्ता काम गर्न सक्ने बताइएको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार हुने शिखर बैठकतर्फ पनि लगानीकर्ताको ध्यान केन्द्रित भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार, शुल्क तथा लामो समयदेखि जारी व्यापारिक तनाव बैठकका प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ ।

    विश्लेषक काइल रोड्डाका अनुसार अमेरिका–चीन वार्तामा मध्यपूर्वको युद्ध र इरानमाथि प्रभाव पार्न चीनबाट अमेरिकाले प्राप्त गर्न सक्ने सहयोग महत्वपूर्ण विषय बन्न सक्छ । उहाँका अनुसार एआई प्रविधिको विकास र त्यससँग जोडिएको प्रतिस्पर्धा पनि अर्को प्रमुख मुद्दा हो ।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ गते शुक्रबारदेखि तीन दिन वर्षाको सम्भावना : पूर्वसतर्कता अपनाउन महोत्तरी महाशाखाको अपिल
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      असोज ९ गते शुक्रबारदेखि तीन दिन वर्षाको सम्भावना : पूर्वसतर्कता अपनाउन महोत्तरी महाशाखाको अपिल

    • २.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ३.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ४.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ५.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ६.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ७.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ८.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.