• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  •  

    Advertisement

    युगदर्शन अनलाइन सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

    नेपालको सङ्कटग्रस्त अवस्था, कम्युनिस्ट आन्दोलनमाथि भएको चौतर्फी आक्रमण तथा स्वयं कम्युनिस्ट आन्दोलनभित्र देखापरेका अवसरवादी, उग्रवामपन्थी वा दक्षिणपन्थी भड्कावका कारण व्यापक सम्भावना हुँदाहुँदै पनि कम्युनिस्ट आन्दोलन अहिले कमजोर अवस्थामा पुगेको छ। देशको राष्ट्रियता झन्–झन् कमजोर बन्दै गएको छ। साम्राज्यवाद, मुख्यतः अमेरिकाबाट भइरहेको प्रत्यक्ष हस्तक्षेपका कारण मुलुकको अस्तित्व नै रहने हो कि होइन भन्ने अवस्था सिर्जना भएको छ।

    विगतमा कूटनीतिक हस्तक्षेप हुने गरेकोमा अहिले साम्राज्यवादले आफ्नै निर्देशनमा राजनीतिक पार्टी खडा गरी कठपुतली सरकार निर्माण गर्न सफल भएको भन्ने अवस्था देखापरेको छ। देशको यस्तो भयावह परिस्थितिको सामना गर्दै राष्ट्रियता, गणतन्त्र, संविधान, धर्मनिरपेक्षता तथा जनताका अधिकारको संरक्षण गर्न सही विचारको महत्त्वपूर्ण भूमिका हुन्छ। सयौँ होलटाइमर कार्यकर्ताले पूरा गर्न नसक्ने जिम्मेवारी एउटा सही विचार बोकेको पत्रिकाले मात्र पूरा गर्न सक्छ।

    अहिले नेपाल र विश्वभरिका छापा तथा अनलाइन सञ्चारमाध्यमहरू जनतालाई सत्य–तथ्य र सही विचार सम्प्रेषण गरी जागरूक बनाउनेभन्दा आफूलाई कसरी व्यावसायिक रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने दिशातर्फ बढी केन्द्रित भइरहेको अवस्था छ। साम्राज्यवाद र पुँजीवादले ठूलो धनराशि खर्च गरेर आफ्नो प्रचार गर्ने तथा जनतालाई भ्रमित पार्ने निरन्तर प्रयत्न गरिरहेको अवस्थामा त्यसका विरुद्ध कलम चलाउनु कम चुनौतीपूर्ण कार्य होइन।

    हो, युगदर्शन अनलाइनले विगत सात वर्षदेखि यही चुनौतीको दृढतापूर्वक सामना गर्दै आठौँ वर्षमा प्रवेश गरेको छ। अहिले सरकारले छापा तथा अनलाइन सञ्चारमाध्यमहरूलाई तर्साउने वा उनीहरूका अधिकार कटौती गर्ने दुस्साहस गरिरहेको अवस्था छ। यस्तो अवस्थामा कैयौँ सञ्चारमाध्यमहरूले साम्राज्यवादको दलाली गर्ने वा वैचारिक रूपमा आत्मसमर्पण गर्ने प्रवृत्ति व्यापक रूपमा बढेको देखिन्छ।

    यस्तो प्रतिकूल अवस्थामा पनि युगदर्शनले सही दर्शन र विचारबाट निर्देशित हुँदै राष्ट्रियता, संविधान, गणतन्त्र, धर्मनिरपेक्षता तथा जनताका अधिकारको संरक्षण र आमूल परिवर्तनको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ। साम्राज्यवादी उत्पीडन, सङ्घीयताको खारेजी, महँगी तथा भ्रष्टाचारको अन्त्य, स्वाधीन र समुन्नत नेपाल निर्माण तथा कम्युनिस्ट आन्दोलनभित्र देखापर्ने विकृति र विसङ्गतिका विरुद्ध सशक्त दार्शनिक, सैद्धान्तिक तथा वैचारिक सङ्घर्ष गर्ने महाअभियानमा युगदर्शनले कैयौँ कठिनाइका बाबजुद सशक्त वैचारिक धारको नेतृत्व गर्न सफल भएको छ।

    त्यतिमात्र होइन, युगदर्शनले आफ्नै देशमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित भई जीविकाकै लागि विश्वका कुनाकाप्चासम्म पुगेर आफ्नो रगतलाई पानीसरह बगाउँदै पसिना र श्रम बेच्न बाध्य भएका लाखौँ नेपालीहरूले भोग्नुपरेका समस्या तथा उनीहरूको मुक्तिको सवाललाई समेत निरन्तर उठान गर्दै आएको छ। यही कारण छोटो अवधिमै युगदर्शन नेपाल तथा विश्वभरिका नेपाली श्रमजीवी, मजदुर र किसानका बीचमा स्थापित हुन सफल भएको छ।

    बितेका सात वर्षको अनुभवबाट शिक्षा लिँदै राष्ट्रियताको रक्षा र नेपाली जनताको मुक्तिका लागि आगामी दिनमा अझ सशक्त, निरन्तर र दृढतापूर्वक अगाडि बढ्न सकोस् भन्ने शुभेच्छासहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिको तर्फबाट युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.