काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ बढाएको हो ।
Advertisement
निगमले आइतबार राति १२ बजे देखि लागू हुने गरि मूल्य वृद्धि गरेको जानकारी दिएको छ । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा र डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।