• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • १०. सर्वदलीय बैठक जारी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान


  •   आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
  • मस्को, ४ असोज । युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको पकड थप बलियो हुने अपेक्षा गरिएको रुसी संसदीय निर्वाचनको तेस्रो तथा अन्तिम दिन आइतबार मतदान हुँदैछ ।

    Advertisement

    राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने सत्तारुढ ‘युनाइटेड रसिया’ पार्टीले यसपटक पनि बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भएका सबै संसदीय निर्वाचनमा उक्त पार्टी विजयी हुँदै आएको छ ।

    निर्वाचनअघि रुसको सर्वोच्च अदालतले युद्धविरोधी ‘याब्लोको’ पार्टीलाई सङ्घीय सूचीमार्फत चुनावमा प्रतिस्पर्धा गर्न रोक लगाएको थियो । चुनावमा सहभागी अन्य प्रमुख दलहरूले पुटिन र युक्रेनमा जारी सैन्य कारबाहीलाई समर्थन गर्छन् । यद्यपि, ‘याब्लोको’का केही उम्मेदवार एकल निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    सन् २०२२ मा युक्रेनमा सैन्य कारबाही सुरु भएपछि रुसमा भएको यो पहिलो संसदीय निर्वाचन हो । यसले युद्धप्रति रुसी जनमतको केही सङ्केत दिने अपेक्षा गरिएको छ ।

    पुटिनले रुसी नागरिकलाई मतदानमा सहभागी हुन आग्रह गर्दै यसलाई रुसी सेनाप्रतिको समर्थन र देशलाई कमजोर पार्न खोज्नेहरूलाई दिइने जवाफका रूपमा प्रस्तुत गरेका छन् ।

    यसैबीच, मस्कोका मेयर सर्गेई सोब्यानिनले मतदानको अन्तिम दिन सुरु हुनुअघि रुसी हवाई प्रतिरक्षा प्रणालीले एक हजार ६०० भन्दा बढी ड्रोन खसालेको बताउनुभएको छ । उहाँका अनुसार तीमध्ये करिब ४५० ड्रोन मस्कोतर्फ अघि बढिरहेका थिए । उहाँले उक्त आक्रमण निर्वाचनमा अवरोध पु¥याउने उद्देश्यले गरिएको दाबी गर्नुभएको छ ।

    रुसको तल्लो सदन ‘स्टेट डुमा’का ४५० सिटका लागि भइरहेको मतदान आइतबार १८ः०० जीएमटीसम्म जारी रहनेछ ।

    निर्वाचनको समयमा देशमा सम्भावित सैन्य परिचालनबारे पनि चर्चा भएको छ । सन् २०२२ मा तीन लाख रिजर्भ सैनिक परिचालन गरिएपछि ठूलो सङ्ख्यामा रुसी पुरुष देश छाडेर गएका थिए । पुटिनले भने तत्काल त्यस्तो कुनै योजना नरहेको बताउनुभएको छ ।

    यसैबीच, रुसकी केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले मस्कोको विद्युतीय मतदान प्रणालीमाथि ‘शक्तिशाली’ साइबर आक्रमण भएको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणकारीले सुदूरपूर्वी क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

    केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार साँझसम्म करिब ४० प्रतिशत मतदान भएको थियो ।

    आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.