काठमाडौँ, असौज ४ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘सहकारीमा ठगीको जालो’ आज काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा विमोचन भएको छ ।
पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा नेकपाका वरिष्ठ नेता देव गुरुङ, अखिल नेपाल किसान महासंघ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव बडाल, पूर्वमुख्य सचिव लीलामणि पौडेल, संविधानविद् तथा सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष काशीराज दाहाल र सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी महासंघका पूर्वमहाप्रबन्धक चित्रकुमारी थाम्सुहाङ सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

