भालुबाङ, असोज २। अपाङ्ग समन्वय समिति राप्तीको बैठक आज मसुरियामा सम्पन्न भएको छ। कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बसेको बैठकले राप्ती गाउँपालिकाका विभिन्न वडाका १० जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ।
Advertisement
बैठकमा कार्यपालिका सदस्य पार्वता सुवेदी, राप्ती आधारभूत अस्पताल सिसहनियाँका चिकित्सक सिर्जन शाक्य, प्रहरी कार्यालय मसुरियाका प्रतिनिधि, दृष्टिविहीन लक्ष्मी चौधरी, अपाङ्गता भएका ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख नारायण राउतलगायत अपाङ्ग समन्वय समिति राप्तीका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

