तौलिहवा । कपिलवस्तु शिवराज नगरपालिका–११ राष्ट्रिय जनमोर्चाको भेला रामबहादुर चमारलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
जिल्ला समितिका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८३ भदौ २६ गते शुक्रबार वडा नं. ४ को जोगदियामा सो भेला सम्पन्न भएको हो ।
पोमबहादुर नेपालीको अध्यक्षतामा अघि बढेको उक्त भेलाले चयन गरेको चमारको अध्यक्षतामा १५ सदस्यीय राजमोको वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपाल केसी, सचिवमा पुनम गोसाईं, कोषाध्यक्षमा हेमलाल बन्जाडे तथा सदस्यमा मनिराम केवट, पोमबहादुर नेपाली, नारायण न्यौपाने, तोपबहादुर थापा, कमला बुढाथोकी, शम्भु कुर्मी, मानबहादुर विक र किस्लावती यादव रहनु भएको छ ।
भेलाले भगिरथी पासी, छविलाल कार्की र शुखराज भारती गोशैलाई सल्लाहकारमा चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अदैले देशको समसामयिक राजनीतिक परिस्थिति र राजमोको नीतिसिद्धान्तको बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा जातयि समता समाज कपिलवस्तुका सचिव रामबहादुर चमार र राजमो शिवराज–३ का अध्यक्ष रामदेव कुर्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन तोपबहादुर थापाले गर्नुभएको थियो भने स्वागत हेमलाल बन्जाडेले ।
भेलाले गाउँमा राजमोको सदस्यता वितरण गर्दै गाउँ समिति गठन गर्ने निर्णय भएको नवनिर्वाचित वडासमितिका अध्यक्ष चमारले बताउनुभयो ।

