• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पहिरोले विभिन्न सडक अवरुद्ध

आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ७. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ८. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • ९. नेकपाले छान्यो ४ मन्त्री

  • १०. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, ६ भदौ । ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्‌टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनी यही भदौ ७ गते बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजना हुने भएको छ ।

    Advertisement

    तारागाउँ नेक्स्टको आयोजनामा तथा सराफ फाउन्डेसनको सहयोग तथा डा अर्शिया मन्सुर लोखण्डवालाको ‘क्युरेसन’मा आयोजना हुन लागेको प्रदर्शनी दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्‌नो मूल सन्दर्भ गुमाउँदा के हरायो र विस्थापित सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने प्रश्नमाथि केन्द्रित रहने जनाइएको छ ।

    प्रदर्शनीमा कलाकार रोशन मिश्र र शौर्य कुमारबीच कलाकार संवादसमेत आयोजना हुनेछ । प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि तथा धार्मिक–अनुष्ठानिक वस्तु तिनको जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी संग्रहालयमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट केलाउने प्रयास गरेको छ । नेपालका खाली भएका मन्दिरदेखि भारतका विभिन्न स्थानबाट बाहिरिएका कांस्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला र बंगलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भमार्फत प्रदर्शनीले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको इतिहासलाई जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ ।

    क्युरेटर डा लोखण्डवालाका अनुसार विश्वका संग्रहालयहरू आफ्ना संग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय समकालीन विश्वको महत्वपूर्ण सांस्कृतिक बहस बनेको छ । दक्षिण एसियाको सन्दर्भमा सम्पदा फिर्ता हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न मात्र पर्याप्त नभई त्यसको स्वामित्व कसले निर्धारण गर्छ, त्यसको अर्थ कसले व्याख्या गर्छ र विस्थापित सम्पदाको भविष्यबारे निर्णय गर्ने अधिकार कससँग हुन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    प्रदर्शनीमा तेम्सुयाङ र लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एल.एन. तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिंघेका कला सिर्जना समावेश हुनेछन् ।सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुनःफिर्ता ल्याउने विषय नेपालका लागि विशेष महत्वको रहेको बताउनुभयो । उहाँका अनुसार यस्तो प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्‌नो इतिहासलाई आफ्नै दृष्टिकोणबाट हेर्न तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनाले भविष्यमा के अर्थ राख्छ भन्ने विषयमा विमर्श गर्ने अवसर दिन्छ ।

    सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा. लोखण्डवालाले क्युरेट गरेको यो तेस्रो प्रदर्शनी हो । यसअघि उहाँले क्युरेट गरेको ‘फेमिनिस्ट फ्युचर्सः आर्ट, एक्टिभिज्म एन्ड साउथ एसियन वुमनहुड’ प्रदर्शनीमा तीन नेपाली महिला कलाकारसमेत सहभागी थिए। उक्त प्रदर्शनी सन् २०२५ को सेप्टेम्बरमा श्रीलंकामा पनि प्रदर्शन गरिएको थियो ।

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
    सम्बन्ध विच्छेदका मुद्दा उच्च
    पहिरोले विभिन्न सडक अवरुद्ध
    आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
    राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
    पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    भर्खरै

    • १.
      जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे

    • २.
      नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    • ३.
      सम्बन्ध विच्छेदका मुद्दा उच्च

    • ४.
      पहिरोले विभिन्न सडक अवरुद्ध

    • ५.
      आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    • ६.
      राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    • ७.
      अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै

    • ८.
      पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.