काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा विभाजन भएको छ। वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेदका कारण दुर्गा सोब र सन्तोष परियार नेतृत्वका समूहले छुट्टाछुट्टै राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेका हुन्।
बुधबार भएको सहमतिअनुसार दुर्गा सोब पक्षले पार्टीको पूर्ववत् नाम, संगठनात्मक संरचना र ‘आँखा’ निर्वाचन चिन्ह कायम राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ। सन्तोष परियार पक्षले भने ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम राख्दै नयाँ निर्वाचन चिन्ह र तीन रङको झण्डासहित गतिविधि सञ्चालन गर्नेछ।
दुवै पक्षले अब आ–आफ्नो विधान, कार्यालय र संगठनात्मक संरचनाअनुसार काम गर्ने तथा एक–अर्काको नाम, निर्वाचन चिन्ह वा अन्य पहिचानमा दाबी नगर्ने सहमति गरेका छन्। साथै, पार्टी एकीकृत रहँदा भएका सम्पत्ति, आर्थिक स्रोत, बैंक मौज्दात, ऋण तथा अन्य दायित्व आपसी सहमतिमा पारदर्शी रूपमा बाँडफाँड गरिने जनाइएको छ।