• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

शङ्कास्पद गाडी प्रकरण : गाडी आफ्नैका तर आफैले दिए स्पष्टीकरण


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । विभिन्न मिडिया हाउस तथा नेपाली कङ्ग्रेसका नेताको घरअगाडि राखिएका शङ्कास्पद गाडीमध्ये एउटा गाडी सत्तारूढ रास्वपाकै पूर्व केन्द्रीय सदस्यको भएको खुलेपछि रास्वपाले नै स्पष्टीकरण दिएको छ तर त्यो स्पष्टीकरण आफ्ना केन्द्रीय सदस्यको बारेमा नभएर स्वतन्त्र र भयरित पत्रकारिताको बारेमा छ ।

    Advertisement

    २०८३ असार २९ गते सोमबार महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन् गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अङ्गलाई सङ्कुचित पार्न खोज्ने जुनसुकै प्रवृत्ति वा अवाञ्छित क्रियाकलाप आफूलाई स्वीकार्य नभएको बताइए ।

    पार्टीले यस्ता शङ्कास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृहमन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको बताइएको छ ।

    सो वक्तव्य दिइरहँदा आफ्ना पूर्व केन्द्रीयि सदस्य रवि जयसवालको बारेमा भने केही बताइएको छैन ।

    सोमबार बिहानै ७ बजेदेखि अनलाइन खबर डट कम, कान्तिपुर पब्लिकेसन, हिमालय टेलिभिजन र नेपाली कङ्ग्रेसका सभापति गगन थापाको घरअगाडि शङ्कास्पद गाडी देखा परेका थिए ।

    प्रहरीले ती गाडी क्रेनको मदतबाट उठाइसकेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    एउटा गाडी रास्वपा केन्द्रीय सदस्यको

    उक्त गाडीका बारेमा दिनभरि छानबिन हुँदा कान्तिपुर पब्लिकेसन्सको गेटमा शङ्कास्पद रूपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको थियो ।

    उक्त गाडी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइसकेको भेटिएको हो ।

    जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन् । मेयर कन्थमणिले उक्त नम्बरप्लेट (बा ०१–०३४ च ८४८०) को गाडी आफ्नो छोराले एक महिनाअघि देखि चढ्ने गरेको तर अहिलेसम्म पास गरिनसकेको बताए ।

    रास्वपाले गत जेठ ८ गते रविलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनित गरेको थियो । उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनित गरेका थिए ।

    पत्रकार महासङ्घको स्थलगत अनुगमन

    बिहानैदेखि काठमाडौँका केही सञ्चारगृह र पत्रकारका सवारीसाधन अवरोध गर्ने उद्देश्यले शङ्कास्पद रूपमा गाडी देखिएपछि नेपाल पत्रकार महासङ्घले स्थलगत अध्ययन गरेको थियो ।

    स्थलगत अध्ययनमा महासङ्घकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडाको टोली सहभागी थियो ।

    यसै क्रममा महासङ्घका महासचिव रामप्रसाद दाहालले प्रेसविज्ञप्ति जारी गर्दै शङ्कास्पद गाडी पार्किङको घटनालाई प्रेस स्वतन्त्रताको घटनासँग जोड्दै सो घटनाको भत्र्सना गरिएको थियो ।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.