• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

निमेषको ‘मृत्युगञ्जको मौनता’ कवितासङ्ग्रह विमोचित


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । कवि केशव निमेषको नवीन कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ विमोचन भएको छ ।

    Advertisement

    २०८३ असार २७ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ सो कृति विमोचन गरिएको हो ।

    शिखा बुक्सबाट प्रकाशित उक्त कृतिको साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वको उपस्थितिमा विमोचन गरिएको हो।

    कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले ‘मृत्युगञ्जको मौनता’ समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त ढङ्गले अभिव्यक्त गर्ने कृति भएको बताउनुभयो ।

    उहाँले निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यो सङ्ग्रह समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।

    सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताउनुभयो ।

    उहाँले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको उल्लेख गर्दै निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुरेशकुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले कवितासङ्ग्रहमाथि शुभकामना तथा समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

    उहाँहरूले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्‍याउने महŒवपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै ‘मृत्युगञ्जको मौनता’ ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढङ्गले उजागर गरेको धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रमको प्रारम्भमा शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जना र प्रकाशनलाई निरन्तरता दिन पाठक, लेखक र प्रकाशकबिचको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    उहाँले गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रमको अन्त्यमा कवि निमेषले आफ्नो लेखनयात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताउनुभयो ।

    उहाँले ‘मृत्युगञ्जको मौनतॉ आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असङ्ख्य आवाजको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै उहाँले पाठकको प्रतिक्रियाले आफ्नो आगामी सिर्जनालाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता
    सर्वदलीय बैठकले एक साताभित्र विशेष समिति बनाउने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.