काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर रहनुभएका मीनराज रानामगरप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
युगदर्शन मिडियालार्ई २०८३ असार २५ गते शोकमन्तव्य पठाउँदै महामन्त्री सिंहले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
शोकमन्तव्यमा लेखिएको छ– “हाम्रो पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिकाका उपमेयर रहनुभएका कमरेड मीनराज रानामगरप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ ।
गत असार १३ गते विकास आयोजनाको अनुगमन गरेर फर्कने क्रममा स्वर्गद्वारी नगरपालिकाको बाङ्गेसल्लामा गाडी दुर्घटना पर्दा उहाँको असामयिक निधन भएको थियो । उहाँ हाम्रो पार्टीको सदस्य हुनुका साथै पार्टीको प्युठान जिल्ला समितिको सचिवालय सदस्य पनि हुनुहुन्थ्यो ।
उहाँको निधन भएको आज तेह्रौँ दिन निवासस्थान खाल धनबाङमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
उहाँको निधनबाट परिवारसँगै हाम्रो पार्टीलाई अपूरणीय क्षति हुन पुगेको छ । अन्तमा उहाँप्रति पुन: भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छौँ ।”