• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध


  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
  • मान्म (कालिकोट) । स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालयले आमाको दूध पिलाउनुको सट्टा बजारमा पाइने कृत्रिम दूध तथा अन्य आहार बिक्रीमा कडाइ गरेको छ ।

    Advertisement

    प्रशासनले खाँडचक्र नगरपालिकाको मान्म, मोल्फा, पिली र तिलागुफा नगरपालिकाको गाल्जे र नाग्म बजारलगायतका प्रमुख व्यापारिक केन्द्रमा आमाको दूध प्रतिस्थापन गर्ने अन्य दूध तथा आहार बिक्री गर्ने औषधि, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई बिक्री नगर्न रोक लगाइएको छ ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा रत्नवीर सुनारले भन्नुभयो, “अनुगमनका क्रममा औषधि पसल तथा अन्य विभिन्न पसलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने ल्याक्टोजिन, निप्पल जस्ता वस्तु प्रदर्शनमा राखेको पाइयो”, उहाँले भन्नुभयो,‘ “सामाजिक सञ्जालमार्फत त्यस्ता वस्तुको विज्ञापन गर्ने, बजारीकरण गर्नेलाई रोक्न निर्देशन दिइएको छ ।”

    आमाको दूध प्रतिस्थापन गर्ने (वस्तु बिक्री–वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ को पालना गराउन र आमा तथा शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्नका लागि त्यस्ता वस्तु बिक्री रोक्न लागिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताउनुभयो ।

    उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सो वस्तुको विज्ञापन र प्रदर्शन नगर्न व्यवसायीलाई सचेत गराइएको छ”, उहाँले भन्नुभयो, “दिइएको निर्देशनलाई अटेरी गरेमा कानुनअनुसार कारबाही हुनेछ ।”

    आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले बजारिया दूध विकल्प हुन नसक्ने खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताउनुभयो ।

    “बजारमा प्रतिबन्धित वस्तु फेला परेकाले तत्काल बिक्री रोक्न व्यवसायीलाई सुझाव दिइएको छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले ऐन विपरीतका वस्तुको बिक्री गरेको पाइएमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।”

    मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.