• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने


  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित
  • गाजा सिटी (प्यालेस्टिनी क्षेत्र) । करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको हमासले आफ्नो सरकारी प्रशासनिक निकाय विघटन गर्ने निर्णय गरेको छ । यससँगै गाजाको प्रशासन प्यालेस्टिनी राष्ट्रिय प्राविधिक समितिलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्ने हमासका अधिकारीहरूले सोमबार बताएका छन् ।

    Advertisement

    सन् २००७ मा फताहबाट गाजाको नियन्त्रण लिएपछि हमासले त्यहाँ प्रत्यक्ष शासन गर्दै आएको थियो । तर गत अक्टोबरमा इजरायलसँग युद्धविराम भएपछि हमासले दैनिक प्रशासनबाट अलग हुन सक्ने सङ्केत बारम्बार दिँदै आएको थियो । यद्यपि समूहको निशस्त्रीकरण र युद्धपछिको राजनीतिक व्यवस्थाबारे भने अझै सहमति हुन सकेको छैन ।

    हमासका एक अधिकारीका अनुसार गाजा सरकार सञ्चालन गरिरहेको समितिलाई विघटन गर्ने निर्णय गरिएको छ ।

    राष्ट्रिय समितिले औपचारिक रूपमा जिम्मेवारी नसम्हाल्दासम्म प्रशासनिक कामको निगरानीका लागि राष्ट्रिय रूपमा स्वीकार्य एक व्यक्तिलाई जिम्मेवारी दिइनेछ । हमासको गाजा मिडिया कार्यालयले यसबारे थप जानकारी दिन सोमबार महत्त्वपूर्ण पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

    अर्का हमास अधिकारीका अनुसार हालै कायरोमा भएको बैठकमा यो निर्णय अन्य प्यालेस्टिनी गुटहरूलाई जानकारी गराइसकिएको छ । ती गुटहरूले हमासको कदमलाई स्वागत गर्दै राष्ट्रिय समितिलाई प्रशासनिक भूमिका निर्वाह गर्न मार्ग खुल्ने विश्वास व्यक्त गरेका छन् ।

    हमासको निर्णयसँगै अली साथको नेतृत्वमा रहेको गाजा प्रशासनका लागि राष्ट्रिय समिति ९एनसिएजी० ले प्रशासनिक जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा गत अक्टोबरमा भएको युद्धविरामपछि शान्ति बोर्डमार्फत गठन गरिएको उक्त समिति इजरायलको आपत्तिका कारण हालसम्म गाजामा प्रवेश गर्न सकेको छैन ।

    हमास, अन्य प्यालेस्टिनी गुट र मध्यस्थकर्ताबीच युद्धविरामको दोस्रो चरण कार्यान्वयनबारे कायरोमा पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन । पहिलो चरणमा हमासले अन्तिम इजरायली बन्धकहरू रिहा गरेको बदलामा इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गरेको थियो ।

    दोस्रो चरणमा हमासको निशस्त्रीकरण, गाजाबाट इजरायली सेनाको क्रमिक फिर्ता र युद्धपछिको शासन व्यवस्थाबारे सहमति हुनुपर्ने भए पनि यही विषय वार्ताको मुख्य अवरोध बनेको छ । इजरायलले गाजामा हमासको पुनः सत्ता स्वीकार नगर्ने अडान लिएको छ भने रमल्लाहस्थित प्यालेस्टिनी प्राधिकरणलाई पनि प्रत्यक्ष रूपमा गाजाको प्रशासन सुम्पने पक्षमा देखिएको छैन । यता हमासले भने नयाँ प्यालेस्टिनी प्रशासन गठन नभएसम्म आफ्नो हतियार हस्तान्तरण नगर्ने अडान कायम राखेको छ ।

    सोमबार, असार २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.