दैलेख । दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा पर्ने कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स माइक्रोबस कर्णाली नदीमा खसेको छ।
Advertisement
प्रारम्भिक जानकारीअनुसार माइक्रोबसका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेका छन्। सवारीमा चालकसहित पाँच जना सवार रहेको बुझिएको छ।
माइक्रोबस सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको प्रहरीले जनाएको छ। अन्य सवारको खोजी तथा उद्धार कार्य पनि जारी रहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।