• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • ब्रसेल्स, १५ असार । यूरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित चिनियाँ प्रतिनिधि वाङ वेनताओ र इयूका उच्च व्यापार अधिकारी मारोस सेफकोभिकबीच सोमबार भेटवार्ता हुनेभएको छ। सेफकोभिकले आफ्ना चिनियाँ समकक्षी वाङबीच दिनभर समस्या न्युनिकरण गर्न छलफल हुनेछ ।

    Advertisement

    यूरोपमा २७ राष्ट्रको समूह यूरोपेली सङ्घ (इयू) ले एसियाली शक्ति राष्ट्र चीनबीच बढ्दो व्यापार असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्दै चीनतर्फ ध्यान केन्द्रित गरेको हो ।

    यो मुद्दा इयूका लागि अस्तित्वको लडाई बनेको छ ।

    ब्रसेल्सले चीनमा उत्पादित सस्ता सामानको बाढीले युरोपेली उत्पादकहरूलाई खतरा पु¥याएको भन्दै कुनै उद्योग पूरै गुम्ने डर व्यक्त गरेको छ ।

    वाङको भ्रमण इयू नेताहरूले युरोपेली आयोगलाई बेइजिङसँग वार्ता गर्दै यो समस्या समाधान गर्न र एकैसाथ मुख्य क्षेत्रहरूलाई बचाउन थप बलियो सुरक्षा उपाय तयार पार्न निर्देशन दिएको दुई हप्ता पनि नबित्दै भएको हो ।

    वर्तमान व्यापार असन्तुलन इयूका लागि असह्य भएको बिषयमा दिभरको वार्तापछि साँझ सेफकोभिकले चिनियाँ नेता वाङलाई विशेष रात्री भोजमा स्वागत गर्नुहुनेछ ।

    सन् २०२५ मा इयूको वस्तु व्यापार घाटा करिब ३६० अर्ब यूरो (४१० अर्ब अमेरिकी डलर) पुगेको थियो अर्थात् समूहले चीनबाट निकासीभन्दा निकै बढी आयात गरेको थियो ।

    वाङले इयूले बेइजिङविरुद्ध व्यापार बचाउ हतियार प्रयोग गर्ने धम्की कति गम्भीर छ भन्ने सुन्ने, बुझ्ने र बुझाउनु हुनेछ ।

    इयूले आफ्नो दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग व्यापार युद्ध टार्ने आशा राखेको छ । युरोपेली आयोगका अनुसार चीनले आफूलाई अन्यायपूर्ण ठानेका कदमको प्रतिकार गर्ने स्पष्ट सङ्केत दिइसकेको छ ।

    –ट्रम्पको रणनीति अनुसरण गर्दै–

    यूरोपले समान स्तरको खेल मैदानको आवश्यकता जोड दिँदै चिनियाँ कम्पनीहरूलाई ठूलो सरकारी अनुदानका कारण अनुचित फाइदा प्राप्त भएको बताएको छ ।

    सङ्ख्याहरूले ब्रसेल्सको तर्कलाई समर्थन गर्छन् । सन् २००५ देखि सन् २०२४ सम्म चिनियाँ कम्पनीहरूलाई सरकारी सहयोग अन्तरराष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन ( ओइसिडी) का व्यवसायहरूको तुलनामा तीनदेखि आठ गुणा बढी प्राप्त भएको थियो । ओइसिडीले यसलाई ‘रूढिवादी अनुमान’ भनेको छ ।

    इयूले यो समस्या सम्बोधन गर्न व्यापार बचाउका विभिन्न उपायहरू राखेको छ ।

    यसमा यदि अनुसन्धानले कम्पनीहरूले अनुचित रूपमा सस्तो मूल्यमा सामान बेचिरहेको वा सरकारी सहयोगले उत्पादकहरूलाई अन्यायपूर्ण फाइदा दिएको प्रमाणित भएमा उच्च भन्सार शुल्क लगाउन सकिन्छ ।आयातमा अचानक वृद्धि भएमा कोटाजस्ता सुरक्षा उपायहरू पनि लगाउन सकिन्छ । नयाँ उपायहरू पनि आउन सक्नेछन् ।

    इयू व्यापार नीतिमा नेतृत्व गर्ने युरोपेली आयोगले चिप्स र दुर्लभ खनिजजस्ता महत्वपूर्ण क्षेत्रमा आपूर्तिकर्ता विविधीकरण गर्न व्यवसायहरूलाई बाध्य पार्ने उपायका लागि गरिरहेको छ ।

    मे महिनामा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको ‘सेक्सन ३०१’ जस्तै युरोपेली उपाय प्रस्ताव गर्नुभएको थियो ।

    –शत्रु होइनौँ–

    इयूले चीनबाट बढ्दो आयात सामना गर्न धेरै कदम चालिसकेको छ । विदेशी स्टीलमा दोब्बर भन्सार शुल्क, विदेशबाट आउने साना प्याकेटमा बढी शुल्क र चिनियाँ विद्युतीय सवारीमा भारी भन्सार शुल्क लगाइएको छ ।

    कठोर हुनुपर्ने आवश्यकता स्वीकार गर्दागर्दै पनि ब्रसेल्सले बेइजिङसँग दुखद व्यापार युद्ध गर्ने कुनै चाहना देखाएको छैन ।

    बेइजिङले चीनलाई लक्षित ठानेका कुनै पनि उपायको जवाफ दिन तयार रहेको चेतावनी दिएको छ ।

    यो चेतावनी खाली धम्की होइन । चीनले यसअघि युरोपेली कोन्याक (मदिराजन्य पदार्थ) मा शुल्क लगाएको र बङ्गुरको मास्ु तथा दु󠄀ग्धजन्य उत्पादनमा ‘एन्टी–डम्पिङ’ अनुसन्धान गरेको थियो ।

    यो चेतावनीले इयूका राजधानीहरूलाई प्रभाव पारिरहेको छ ।

    जर्मनी यस बिषयमा हालसम्म बढी सावधान थियो किनकि उसको अर्थतन्त्र चीनमा बढी निर्भर छ, तर स्पेनले भने बेइजिङको लगानी खोज्दै व्यावहारिक दृष्टिकोणको सबैभन्दा ठूलो समर्थक बनेको छ ।

    गत साता चीनको प्रतिकार चेतावनी दोहो¥याउँदै पनि बेइजिङका ईयूका लागि राजदूत चाई रुनले ब्रसेल्सको एउटा कार्यक्रममा इयू र चीन ‘साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् र निश्चय पनि शत्रु होइनन्’ भनेका थिए ।

    यो सम्बन्ध चीनका लागि पनि महत्वपूर्ण छ । इयू चीनको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।

    सेफकोभिकसँगको रात्रिभोजपछि वाङ लन्डनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने
    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • २.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ३.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    • ४.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • ५.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ६.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ७.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ८.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.